Light Nepal

राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम वार्षिकोत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन १५ जुनमा हुने, केन्द्रिय महासचिव पनि आउने

इजरायल । राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम वार्षिकोत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन यहि जुन १५ मा आयोजना हुने भएको छ । घेदु्ङकासंयोजक बिक्रम लामाले दिएको जानकारी अनुसार संस्थाले प्रथम वार्षिकोत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन जुन १५ तारिखका लागि तय गरेको हो ।

लामाका अनुसार कार्यक्रम जुन १५ शुक्रबार नेभिसनान–४७ मा ७ ः३० बजेको समयमा शुरु हुने छ । इजरायलमा रहेका तामाङ समुदायको एक समुहले “राष्ट्रिय तामाङ घेदुङ इजरायल” को एक वर्ष अघि स्थापना गरेका थियो । यस अधिवेशनमा नेपालबाट प्रमुख अतिथि कार्यबाहक महासचिव तथा नेपाल रास्ट्रिय तामाङ घेदुङ नेपालका केन्द्रिय समितिका प्रतिनिधि चुनव कुमार बल (प्रविन) आउने भएका छन् ।

नेपाल तामाङ समाज इजरायल र नेपाल तामाङ घेदुङ इजरायललाई एकता गर्न उल्लेख्य भुमिका निर्वाह गरेका स्वतन्त्र तामाङ समुदायका तामाङहरुको पहलमा नेपालमा सक्रिय रुपमा रहँदै आइरहेको “राष्ट्रिय तामाङ घेदुङ नेपाल” सँग सम्वद्द रहने गरी राष्ट्रिय तामाङ घेदुङ इजरायलको स्थापना गरिएको घेदुङका संयोजक विक्रम लामाले बताए । अधिवेशननबाट राष्ट्रिय तामाङ घेदुङ इजरायल नयाँ ढंगले अगाडि बढने बताइएको छ ।

यस कार्यक्रममा इजरायलमा रहेका सम्पूर्ण तामाङ् समुदायका साथै अन्य सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित हुन् अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्