Light Nepal

मलेसिया बाट फर्किएका युवाले बनाए बोत्तलको घर , घर हेर्नेको घुँइचो

दमक । तीन बर्ष मलेसिया बसेर घर फर्किएका एक युवाले दमकमा अनौठो प्रकारको घर बनाएका छन् । दमक–२ का तिगेनहाङ लिम्बुले बोत्तलको प्रयोग गरेर आकर्षक घर बनाइरहेका छन् । बोटल हाउस रेष्टुरेन्ट एण्ड बार संचालनका लागि उनले सो घर निर्माण गरेको बताएका छन् ।

घर हेर्नका लागि भनेर दिनहु जो मान्छेहरु आउने गरेका छन् । सबैले घरका बिषयमा बिशेष चासो दिने गरेको लिम्बुले बताए । दमक–२ स्थित आम्दा अस्पताल छेउमा बनाईदै गरेको सो घरको भित्तामा बोत्तल प्रयोग गरिएको छ । भित्तामा तथा पिल्लरमा वाइन, बियर तथा स्प्राईटको बोत्तल प्रयोग गरेर आकर्षक डिजाईनका साथ घर बनाए पछि बिभिन्न ठाउबाट हेर्न आउनेहरुको भिड बढेको छ । बोत्तलको प्रयोग गरिए पनि घर भने भुकम्प प्रतिरोधी रहेको लिम्बु बताउँछन् । आठ ईन्चे वाल भएको घरमा बोत्तलको पिधको भाग चार ईन्च एका तिरको भागमा र अर्काे तिर चार ईन्च प्रयोग गरिएको छ । दुबै काटिएका बोत्तललाई धोई पखाली गरेर डगटेपले टाँसेर बनाइएको उनले बताए । बोत्तलको पिधको भाग अत्यन्तै बलियो हुनाले भित्तामा प्रयोग गरिएको लिम्बुको भनाई छ । लिम्बुका बुवा पृथी कुमार आफैले बोत्तल राख्नको लागि डिजाइन गरेका हुन् । १ कट्ठा जग्गामा निर्माणाधिन सो बोत्तल हाउस सम्पन्न गर्दा १ करोड जति खर्च लाग्ने उनले बताए ।

हेर्नुहाेस भिडियाे 

प्रतिक्रिया दिनुहोस्