Light Nepal

रेखा थापाका पूर्वपति छविराज ओझाले खोले सुविधा सम्पन्न फिल्महल

काठमाडौं, २८ जेठ । नेपाली चलचित्र क्षेत्रका दुई चर्चित चलचित्रकर्मी निर्माता छविराज ओझा र निर्माता प्रदिप कुमार उदयले पूर्वको इटहरीमा सुविधा सम्पन्न हल खोलेर संचालनमा आएका छन् ।

जग्गा किनेर चलचित्र प्रेमीहरुका लागि भनेर संचालनमा आएको यो हलमा २ वटा पर्दा छ । पहिलो हलमा २०८ सिट क्षमता छ भने दोश्रोमा १४४ सिट क्षमता छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटी भएको हलमा फोल्डिङ सिस्टमका आरामदायी सिट राखिएको छ ।

नेपाली चलचित्रका लागि २ सय र अन्य भाषाका चलचित्रका लागि ३ सय टिकट दर राखिएको उनीहरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्