Light Nepal

प्रधानमन्त्री ओलीलाई यसरी सिधै भन्नुस आफ्नो गुनासो, अब शुरु भयो हेलो प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब जनताले हरेक गुनासा सिधै राख्न पाउने भएका छन् ।

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब जनताका सम्पूर्ण गुनासाहरु इमानका साथ जनताप्रतिको जिम्मेवारी पुरा गर्न आफु र सरकार प्रतिबद्ध रहेको बताए ।

कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ।’

आफ्ना भनाइ ढुक्कसँग राख्‍न जनतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताको कुनै पनि प्रश्‍न निरुत्तरित हुँदैन, समय सन्दर्भअनुसार हरेक प्रश्‍नको हल हुन्छ।”

आफूले यथार्थमा आधारित रचनात्मक आलोचना होस् भन्‍ने आफ्नो चाहना रहेको भन्दै उहाँले कानूनअनुसार जनताको सेवा गरेर कर्तव्य पूरा गर्ने बताए ।

सामाजिक न्यायमा आधारित सुदृढ राष्ट्रिय एकतामा मुलुकलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले विकासको बाटोमा सही नीति र कार्यक्रमका साथ सरकार अगाडि बढेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्