Light Nepal

‘छक्का पन्जा ३’मा स्वस्तिमा थपिईन्, सुटिङ सकेर काठमाण्डौँ फर्किसकिन् बर्षा

काठमाडौं, २९ जेठ । अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी छन् । ‘छक्का पञ्जा’को दोस्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’मा लीड रोलमा काम गरेकी अभिनेत्री खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी हुन् ।

पोखरामा धमाधम छायांकन भैरहेको ‘छक्का पञ्जा ३’ को सुटिङ सेटबाट हाँस्यकलाकार जितु नेपालले स्वस्तिमा पनि भएको प्रमाण दिएका हुन् । छायांकन अन्तिम चरणमा पुगेको चलचित्रलाई यसअघिका सिरिजकै निर्देशक दिपाश्री निरौलाले निर्देशन गरिरहेकी छिन् ।

असारको पहिलो साता पोखराको छायांकन सकेर काठमाडौं र्फकने तयारीमा रहेको चलचित्रको एउटा गीत र केहि दृश्यहरुमा स्वस्तिमालाई देख्न सकिने निर्देशक निरौलाले बताईन् । दशैँको फूलपातीको दिनबाट दर्शकमाझ प्रदर्शनमा आउने चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसअघि नायिका स्वस्तिमा खड्का र बर्षा राउत चलचित्रमा नदोहोरिने भनिएता पनि बर्षाले पनि केहिदिन अघि चलचित्रको छायांकन सकेर काठमाण्डौ आईसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्