Light Nepal

विश्वकप विशेष : लामो समयको गोलको खडेरी पुर्दै जापानको पाराग्वेमाथि ४–२ को जीत

काठमाडौं, ३० जेठ । रुस विश्वकप फुटबलको अन्तिम वार्मअपमा जित हासिल गर्दै जापानले विश्वकपका लागि तयार रहेको जनाउ दिएको छ । जापानले मंगलबार राति भएको खेलमा पाराग्वेलाई ४–२ ले हरायो ।

जापानलाई जिताउन शिन्जि कागावाले एक गोल गरे भने दुई वटा गोलका लागि सहयोग गरे ।

ताकाशि इनुईले २ गोल गर्दा फेडेरिको सान्टान्डरले आत्मघाती गोलको उपहार दिए ।

पाराग्वेका लागि अस्कर रामेरो र रिचर्ड अर्टिजले गोल गरे ।

जापानका लागि यो जित प्रशिक्षक अकिरा निशिनोको पहिलो जित हो ।

जापानले २३१ मिनेट लामो गोलको खडेरी पनि पुरेको छ । यसअघिको खेलमा जापानले घाना र घानासंग २–० को हारको सामना गरेको थियो ।

विश्वकपको समुह एच मा रहेको जापानसंगै पोल्याण्ड, सेनेगल र कोलम्बिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्