Light Nepal

रहेनन् दीपाश्रीका ‘धर्म बा’

काठमाडौं, ३० जेठ । हाँस्यसिरियल ‘तितो सत्य’ चर्चामा आएका बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको गएराती २ बजे घरमै निधन भएको हो ।


९२ बर्षका उनको केहि सातादेखी अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत रहेका भिमबहादुरले दीपाश्रसिँग ‘देवि’ सिरियल देखि नै काम गरेका थिए । थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका उनी पछिल्लो केही बर्षदेखि रोगले थलिएका कारण् अभिनयमा आउन सकेका थिएनन् । थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थापाको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्