Light Nepal

सभामुख कृष्णवहादुर महरा सहित, तत्कालिन माओवादीका मुख्य नेता कार्यकर्ता माथि मुद्या

काठमाडौं, ३० जेठ । सभामुख कृष्णबहादुर महरा सहित तत्कालिन माओवादीका मुख्य नेता कार्यकर्ता विरुद्ध विभिन्न अदालतहरुमा मुद्या चलिरहेको रहस्य खुलेको छ । महरा लगायत ९ हजार नेता कार्यकर्तामाथि बिभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको रहस्य खुलेको हो ।

यस्ता मुद्या कुनै पनि बेला सकृय हुन सकने भन्दै नेकपाका नेताहरुले चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले यस्ता मुद्या सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा तत्काल ल्याउनुपर्ने बताएका छन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले यस्तो सुझाव ल्याएका हुन् । प्रतिनिधिसभामा कानुन मन्त्रालय अन्तर्गतको बजेट विनियोजनमा छलफलमा भाग लिदै प्रमुख सचेतक गुरुङले यी मुद्दा कुनै पनि बेला सक्रिय हुन सक्ने बताएका हुन् । उनले तत्काल कानुन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरमा यस्ता मुद्या ल्याउनुपर्ने बताएका हुन् ।

उनले १२ सय भन्दा बढी मुद्दा प्रहरीमा दर्ता भएर बसेको समेत जानकारी दिए । उनले माओवादी जनयुद्धमा लागेका ९ हजार भन्दा बढी नेता माथि यस्तो मुद्या लागेको र जुन सुकै पनि बेला सकय हुन सकने बताएका छन् । यस्तो मुद्या लाग्नेमा सभामुख कृष्णवहादुर महरा लगायत मुख्य नेताहरु समेत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्