Light Nepal

महिला क्रिकेटमा त्रिभुवन र जनज्योती सेमिफाईनल पुगे

नेपालगन्ज, ३० जेठ । प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मा।वि। र जनज्योती मा।वि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट चरणका खेलहरु जारी रहेपनि आप्mनो समुह बिजेता हुँदै त्रिभुवन र जनज्योती मा।वि। ले सेमिफाईनल चरणको यात्रा तय गरेका हुन ।
बुधबार कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सरस्वती मा।वि। लाई पराजित गर्दै त्रिभुवन मा।वि। समुह बिजेता बनेको हो । सरस्वती मा।वि। ले पहिले ब्याटिङ गर्दै ९३ रनको स्कोर खडा गरेको थियो । निर्धारित १५ ओभर पुरै खेलेको सरस्वतीले अतिरिक्त ३० रनको मद्धत्तमा सम्मानजनक स्कोर खडा ग¥यो ।
सरस्वतीकालागि कौशिका वि।क। ले २०, लक्ष्मी कुमालले १८ र निर्जला वलीले १३ रन जोडेपनि अन्य खेलाडीहरुले भने दोहोरो अंक जोड्न सकेनन् । सरस्वतीका खेलाडीहरुलाई सस्तैमा रोक्ने क्रममा त्रिभुवन मा।वि। का खेलाडीहरुले उत्कृष्ट बलिङ गरेका थिए ।

९४ रनको लक्ष्य पछ्याएको त्रि. मा.वि। ले ५ दशमलव ५ ओभरमा मात्र १ विकेटको क्षतीमा लक्ष्य पुरा ग¥यो । जसकालागि निलु सुनारले २५ रन जोडेकी थिईन भने टिम क्याप्टेन निर्जा शाहीले २३ र सृजना पुन मगरले १९ रन जोडेका थिए । त्रि।मा।वि। का खेलाडीहरु आक्रामक ब्याटिङ लाईनमा उत्रिएपछि ८ विकेटको सहज जित निकाल्न त्रि।मा।वि। लाई खासै समय खर्च गर्नु परेन । उक्त खेलमा त्रि।मा।वि। की खेलाडी निर्जा शाही प्लेयर अफ द म्याच घोषित भईन ।
प्रतियोगिता अन्तर्गत अहिले रामजानकी मा।वि। र लक्ष्मी मा।वि। बिचको खेल जारी छ । उक्त खेलको बिजेता टिमले सेमिफाईनलमा आप्mनो स्थान सुरक्षित गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्