Light Nepal

भानु जयन्ती मनाउन यस्तो हुदैछ तयारी

भैरहवा,३० जेठ । आदीकवि भानुभक्त आचर्यको २०५ औं जन्म जयन्तीको तयारी शुरु भएको छ । नेपाली साहित्य आकाशका उज्जवल नक्षत्र आचर्यको जयन्तीलाई भव्य रुपले मनाउनेगरी यस क्षेत्रकै ठूलो साहित्यीक संस्था सिद्धार्थ साहित्य परिषदले यसको तयारी थालेको हो ।

परिषदको २७ औं बैठकले भानुभक्त आचर्यको २०५ औं जयन्ती आगमी असार २९ गते भैरहवामा मनाउनेगरी तयारी थालेको हो । परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्वमा सम्पन्न्न उक्त बैठकले लक्ष्मी प्रसाद अधिकारीको संयोजत्कमा समिती गठन गरेको हो । जसको सदस्यहरुमा सीता काफ्ले र कृष्णचन्द्र बस्याल रहेका छन् ।

यसैगरी परिषदले भानु जयन्तीको अवसरमा प्रदान गर्ने विभिन्न पुरस्कारकोलागी मूल्यांकन समिती समेत गठन गरेको छ । सम्मान तथा पुरस्कार मूल्यांकनकोलागी प्रा।डा। कपिलदेव लामिछानेकोको संयोजकत्वमा समिती गठन गरेको हो । जसको सदस्यहरुमा बरिष्ठ कथाकार विजय सागर र बरिष्ठ साहित्यकार मणिराम भट्टराई रहेका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष भानुजयन्तीलाई अझै भव्य रुपमा मनाउनेगरी तयारी थालिएको संस्थाको कोषाध्यक्ष सीता काफ्लेले जनाईन् । साहित्य परिषदले भैरहवामा संस्थागत विद्यालयहरुसंगको सहकार्यमा भानुजयन्ती विशेष रुपले मनाउदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्