Light Nepal

पास भयो नीति तथा कार्यक्रम

बुटवल, ३० जेठ । प्रदेश नम्वर पाचको सरकारको नीति कार्यक्रम बहुमतले पारीत भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा निणयार्थ पेश हुदा सर्बसम्मतीले पास भएको हो ।

प्रदेश सरकारको नीति कार्यक्रम गत शुक्रवार प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेका थिए । पाँच दिन सम्म निती तथा कार्यक्रम माथि छलफल भएको थियो । निति तथा कार्यक्रम माथि सैद्धान्तिक र दफावार छलफल सकिए पछि आजको बैठकमा सरकारको निति तथा कार्यक्रम पास भएको हो । आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतमा मुख्यमन्त्री शंकर पोखरेलले निति तथा कार्यक्रम निणार्यथ सभामा पेश गरेका थिए । निति तथा कार्यक्रम सभामुखले पक्ष र बिपक्षमा ध्वनी मत मार्फत निणायर्थ शभामा राख्दा प्रतिपक्ष दलका सांसदलहरुले भने कुनै प्रतिक्रिया जनाएनन् ।

आजको बैठकले सरकारले संसदमा प्रस्तुत गरेका दुइवटा बिधेयक पनि पास गरेको छ । मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले पेश गरेका प्रदेश वित्त व्यवस्थापन विधेयक  र प्रदेश नम्वर पाँच प्रदेश कर तथा गैर कर राजश्व सम्वन्धी विधेयक २०७५ सर्बसम्मतिले पारित गरेको हो । निति तथा कार्यक्रम र यी दुई बिधेयक पास भए सगै सरकारले बजेट ल्याउने बाटो खुलेको छ । असार एक गते बस्ने संसद बैठकमा सरकारले आगामी बर्षको आयव्याय सहितको बजेट पेश गर्ने कार्यक्रम छ ।

फोटोः संसदमा निणायर्थ पेश भएको निती तथा कार्यक्रम पारित गर्दै सांसदहरु । तस्वीरः विकाश पराजुली

प्रतिक्रिया दिनुहोस्