Light Nepal

संजीवनीको आवाजमा अर्को मनछुने नेपाली गीत जुन गीतको म्युजिक भिडियो बलिउडको भन्दा कम छैन (भिडियोसहित)

काठमाडौ – चर्चित भारतीय गायिका संजीवनीको आवाजमा नयाँ नेपाली गीत भिडियो सहित सार्वजनिक भएकोछ। “अंगालोमा बाँधीराख” बोलको यस युगल गीतमा संजीवनीको साथमा चर्चित गायक नारायण धितालको सुमधुर स्वर रहेकोछ।

गीतकार नृपेश उप्रेतीको रोमान्टिक शब्दले सजिएको यस गीतका संगीतकार शिखर सन्तोष हुन। दिपेश रेग्मीको सम्पादन निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिषेक थापा र लिसा सुनार रोमान्टिक भुमिकामा छन्। लिसा मिस नेपाल युके विजेता पनि हुन।

भिडियोलाई स्कटल्याण्डको रमणीय दृश्यलाई आकर्षक तरिकाले बेलायती नागरिक फौस्तास तलकाको छायांकन गरेकाछन । यसमा मोहन कार्कीको कोरियोग्राफी रहेकोछ।

प्रतिक्रिया दिनुहोस्