Light Nepal

शुशांतकी ‘मंगली’ बनिन् आँचल शर्मा, देखिइन न्यू लुकमा (भिडियोसहित)

काठमाडौं, ४ असार । भारतीय टेलिभिजज शो ‘स्टार प्लस’को चर्चित कार्यक्रम डान्स प्लसमा आफ्नो कला र देखाएर चर्चित बनेका शुशांत खत्रीको अभिनय रहेको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘मंगली’ बोलको भिडियोमा नायिका आँचल शर्मा शुशांत खत्रीको ‘मंगली’ बनेकी छिन् । शिव परियारको स्वरमा रहेको गीतमा प्रल्हाद शाहको शब्दरचना, शंकर थापा स्माईलको कम्पोजिसन रहेको छ । हेरौँ भिडियोः

राजिव समर र शुशांत खत्रीको कोरियोग्राफी रहेको भिडियोमा शुशांतको आफ्नै स्टाईल देख्न सकिन्छ । उनले प्रत्येक शब्दलाइ फिल गरि–गरी म्युजिक भिडियो बनाएका छन् । बिकास सुवेदीको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । डान्स प्लसमा सहभागी भएर नेपाल आएपछि उनी केहि समयदेखी नेपालमै छन् ।

प्रतिक्रिया दिनुहोस्