Light Nepal

ठेकेदारको ढिलासुस्तीले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको कामले गति लिएन

बुटवल, ४ असार । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको कामले बेलाबखत हुने अवरोधले गति लिन सकेको छैन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा समेत लिइएको यो विमानस्थल तीन वर्षमा सक्ने गरि बि.सं. २०७१ कात्तिकमा चिनियाँ ठेकेदार कम्पनीसँग आयोजनाले निर्माण सम्झौता गरेको थियो । तर २०७५ असारसम्म पनि निर्माण सकिने सम्भावना नभएपछि असन्तुट बनेको लगानीकर्ता एसियाली विकास बैँकले डिसेम्बर देखि ऋण र अनुदान रोकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहकको चिनिँया ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सम्झौता अनुसार काम गरेको भए यतिबेला १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट रुपन्देहीमा दैनिक हजारौं पर्यटक झर्थे । तर सम्झतौता भएको तीन वर्षसम्म पनि काम सकिनु त के जम्मा ३५ प्रतिशत काम भएको छ । हरेक सरकार परिवर्तनमा मन्त्रीले आफ्नो मान्छे भर्ती केन्द्र बनाउँदा, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच विदाव, समयमै मुआब्जा नपाएको भन्दै अधिग्रहण पीडितले अवरोध गरिरहँदा निर्माण कार्यले गति लिन सकेको छैन ।

पर्याप्त जनशक्ति र इक्युमेन्ट नहुँदा काममा ढिलाई गरेको आरोप खेप्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय भने अनुदान र ऋण सहयोग गरेको एशियाली विकास बैंकले गत डिसेम्बरदेखि भुक्तानी रोकेपछि ठेकेदार अहिले काममा केही तदारुकता देखाएको छ । तर एडिबीले भने चिनियाँ कम्पनी ब्ल्याक टिस्टमा परेको र सम्झौता अनुसार समयमै काम नगरेको भन्दै अनुदान रोकेको हो । आयोजनाका अनुसार एडिबीले यही मार्च २० र २१ गते भैरहवा आएर कामको प्रगतिबारे अनुगमन गर्ने र सम्झौता पुनः मुल्याकंन गर्ने वा नगर्ने बारे निर्णय लिने आयोजना प्रमुख ओम शर्माले जानाकारी दिए ।

कुल ६ अर्व २२ करोड रुपैयाँ लागतको बिमानस्थल आउँदो असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्य नसक्ने देखेपछि आयोजनाले चिनियाँ कम्पनीलाई नै सम्झौता अवधी बढाई काम अगाडि बढाउने जनाएको छ । आयोजनाले अहिले आठ सय घर परिवारलाई ६ अर्व मुआब्जा बितरण गरिसकेको छ । दुई हजार दुई सय घरपरिवार रहेको बिमानस्थलमा २३ अर्व मुआब्जा बितरणमा खर्च हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्