Light Nepal

विश्वकप फुटबलमा आज तीन खेल, अघिल्लो विश्वकपमा सबैभन्दा धेरै गोल गरेर गोल्डेन बुट जितेका जेम्स रोड्रिगेजले यसपटक कस्तो कमाल देखाउँलान ?

काठमाडौं, ५ असार । रसियामा जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ ।
समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि दोस्रो चरणको पहिलो खेलका रुपमा समूह ‘ए’मा पहिलो खेल जितेको आयोजक रसियाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । आयोजकले आजको खेल जित्न सकेको खण्ड नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ ।

अर्को तिर पहिलो खेल उरुग्वेसँग १–० ले गुमाइसकेको इजिप्टले विश्व कपमा अघिल्लो चरणको सम्भावना जोगाउन आजको खेलमा सफल नतिजा निकाल्नु पर्ने हुन्छ । रसियाले उद्घाटन खेलमा एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० ले हराएको थियो ।

आजका तीन खेलको समय
समूह एच
पहिलो खेल- कोलम्बियाविरुद्ध जापान साँझ ५ः४५ बजे
दोस्रो खेल- पोल्यान्डविरुद्ध सेनेगल राती ८ः४५ बजे
समूह ‘ए’
तेस्रो खेल रसियाविरुद्ध इजिप्ट राती ११ः४५ बजे

प्रतिक्रिया दिनुहोस्