Light Nepal

डा.उपेन्द्र देवकोटाका गुरु ‘पुतली बाजे’ले यसरी सम्झिए देवकोटाको स्कूले जीवन (भिडियो सहित)

काठमाडौं, ८ असार । फोटोमा देखिएका ब्यक्ति हुन् कलिन स्मिथ । जसले गोरखाको एउटा विद्यालयमा डा बाबुराम भट्टराई र डा उपेन्द्रmदेवकोटालाई पढाएका थिए । गोरखा, लुइटेलमा खुलेको अमर ज्योती स्कुलमा उनले डा देवकोटा र डा भट्टराईलाई कक्षा ९ मा पढाएका थिए । उनले कक्षा ९ मा विज्ञान र वणीत विषय पढाए ।

त्यतिबेलाको कुरा स्मरण गर्दै स्मिथ भन्छन् देवकोटा निकै चलाख विद्यार्थी हुन् । उनले त्यहाँ दुई वर्ष मात्र पढाएका थिए । केही वर्ष अघि उनी बिरामी हुंदा डा देवकोटाले आफ्नो अस्पतालमा दुई महिना राखेर उपचार गरिदिएको पनि स्मिथले सम्झिए । पैसा दिंदा दिनुपर्दैन भने उनले देवकोटालाई सम्झदै भने ।

स्मिथको जीवनको अर्काे पाटो पनि छ । जसका कारणउनलाई पुतली बाजे भनेर चिनिन्छ । जीवनको आरोह अवरोहमा गोखरावाट काठमाडौ स्वयम्भूमा रहेको आनन्दकुटीमा पुगेका उनको त्यहांवाट जीवनले अर्काे मोड लियो । जूलोजीका प्रोफेसर डि। आर। उप्रेतीले एक दिन आफ्नो अफिस किर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक बिज्ञान संग्रहालय को लागी किट बिज्ञान संग्रहालय बनाउन आग्रह गरे । यसपछि त उनि पढाउन छोडेर त्रिभुवन बिश्व बिद्यालयसंग ६ वर्षे सम्झौता गरि नेपालको गाँउ गाँउ घुम्दै पुतली जम्मा गर्न थाले ।

यो एउटा चुनौतीपूर्ण काम थियो तर वहाको रहर पनि थियो । नभन्दै वहाले ४० जिल्लाको भ्रमण पछि करिव २५००० पुतली संग्रह गरे । यसलाई छुट्ट्याए, हरेकलाइ नामाकरण गरे । नेपालमा पाइने ६६० प्रजातीका पुतली मध्य वहाले करिव ५५० प्रजाती भेट्टाए । यसरी उहाले आफुले पाएको ६ वर्षको समयमा पुतली संकलनका साथ त्यसलाई सुरक्षित गराइ प्राकृतिक बिज्ञान संग्रहालयलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्