Light Nepal

बोल मायामा दर्शकलाई रुवाउने अञ्जलीले गायिका एलिना खनालको तिज गितमा यसरी कम्मर भाचिन (हेर्नुहोस भिडियो सहित)

काठमाडौं। प्रकाश सपुतको बोल मायाँ बोलको गीतमा अभिनय गरेर दर्शकको मन जितेकी मोडल अञ्जली अधिकारीको तीजको गीतमा छमछमी कम्मर भाँचेको भिडियो सार्वजनिक भएको छ । सम्पूर्ण दर्शकलाई भावुक बनाएकी मोडल अञ्जलीले फेरि एकपटक दर्शकलाई रमाईलो प्रदान गरेकी छिन् ।सुत्र इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो । गायिका एलिना खनालको तीज गीत मुख चुच्चो पार बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन कोइरालाले पनि कम्मर मर्काएका छन् ।

गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । उनीहरुसँगै कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ । उक्त गीतमा गायिका एलिनासँगै गणेश अधिकारीको पनि आबाज रहेको छ। हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्