Light Nepal

गोरखामा पहिरोको कहर : घर बगाउँदा नौ महिने बालकसहित तीन जनाको ज्यान गयो

गोरखा , २ साउन । शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।

शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा मा रहेको नवराज कुँवरको घर बुधबार बिहान पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको ज्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताउनुभयो ।
नौ महिने छोरासहित सरु पाहुना बस्न आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्