Light Nepal

एक लाख ७० हजार ब्यक्तिलाई रोजगारी दिएकोे लघु उद्यम विकास कार्यक्रमले लियो विश्राम

काठमाडौं, २ साउन । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा २० बर्षदेखि सञ्चालित लघु उद्यम बिकास कार्यक्रम (मेडेप) को समापनसंगै अब सरकारले देशका ७७ वटै जिल्लामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) मार्फत उद्यम र उद्यमशीलता बिकास सम्बन्धी क्रियाकलापहरुलाई निरन्तरता दिने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९ग्ल्म्ए० र अष्ट्रेलियन सरकार लगायतका विकास साझेदारहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सन् १९९८ देखि संचालित मेडेप तथा मेडपा मार्फत हालसम्म १ लाख ३१ हजार बढिलाई उद्यमी बनेका छन् । यसमध्ये ७४ प्रतिशत महिला छन् ।

मेडेप कार्यक्रम आगामी साउन १६ २०७५ देखि बहिर्गमन हुँदैछ । यसै सन्दर्भमा मन्त्रालयले बुधबार काठमाण्डौंमा मेडेप कार्यक्रमका सिकाई, उपलब्धि, आगामी दिनको बाटो लगायतका बिषयहरुमा बृहद छलफल गर्ने उद्धेश्यका साथ ‘आर्थिक समृद्धिका लागि लघु उद्यम बिषयक राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सो सम्मेलनका प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री मातृका प्रसाद यादवले लघु उद्यम देशको मेरुदण्ड रहेको बताउंदै मुलुकभित्र खेर गइरहेको श्रोतलाई सदुपयोग गरि लघु उद्यमको माध्यमबाट स्थानीयस्तरमा रोजगारी श्रृजना र आय आर्जनका लागि गरिएको प्रयास अनुकरणीय रहेको बताए । मन्त्री यादवले संघीय संरचना अन्तरगत सातै प्रदेश र सबै स्थानीय तहहरुसम्म मेडपालाई सञ्चालन प्रदेश र स्थानीय सरकारहरु थप क्रियाशिल हुनुपर्ने र यसमा संघीय सरकारका तर्फबाट सबै प्रकारका समन्वय, सहजीकरण र सहयोग रहने बताए ।

मन्त्रालयका सचिव श्री यामकुमारी खतिवडाले लघु उद्यम बिकास मोडेल नेपालमा सफल रहेको र नेपाल सरकारले यसलाई संस्थागत रुपमै आन्तरीकीकरण गरि मेडपाका रुपमा देशैभरी सञ्चालन गरिरहेको जानकारी दिइन् । देशका ७७ बटै जिल्लामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम सञ्चालन गर्न यस आर्थिक बर्षका लागि १ अर्ब ९ करोड रुपैैयाँ बजेट बिनियोजन गरिएको पनि सचिव खतिवडाले जानकारी दिइन् । सम्मेलनको उद्धेश्य र औचित्यबारे प्रकाश पार्दै मन्त्रालयका सहसचिव तथा मेडेपका राष्ट्रिय कार्यक्रम निर्देशक श्री दिनेश भट्टराईले सरकारद्वारा आन्तरीकीकरण तथा संस्थागत गरिएको लघु उद्यम बिकास मोडेलबारे कार्यपत्र पेश गरेका थिए । यसैगरि, प्रदेश ७ का बन, पर्यटन, वातावरण मन्त्रालयका सचिव श्री सुधिर कोइरालाले लघु उद्यमीका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन आवश्यक रहेको बताए ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत श्री पिटर वडले नेपालको गरिबी निवारणमा सफल लघु उद्यम बिकास मोडेललाई सरकारले आन्तरीकीकरण गरि देशभर सञ्चालन गर्दा भविश्यमा गरिबी निवारणमा महत्वपुर्ण योगदान पुग्ने बताए ।
नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासिय संयोजक श्री भेलरी जुलियाण्डले लघु उद्यम बिकास कार्यक्रमले नेपालमा प्रभावकारी योगदान पु¥याएकोमा खुशी व्यक्त गर्दै आर्थिक उपार्जनमा महिलाहरुको सहभागिता महत्वपूर्ण रहेको वताए । साथै उनले मेडेपद्वारा श्रृजना गरिएका लघु उद्यमीहरु आर्थिक र सामाजिक रुपमा सशक्त भएको टिप्पणी गरे ।
गोष्ठीमा राष्ट्रिय लघु उद्यमी महासंघका अध्यक्ष केशा परियार, गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर, वेलका नगरपालिका उदयपुरका प्रमुख दुर्गा बहादुर थापा लगायतले आ आप्mनो धारणा राखेका थिए ।

नेपालमा लघु उद्यम तथा यसको सान्दर्भिकताबारे डा. लक्ष्मण पुन र नविना श्रेष्ठले, मेडेप मेडपाद्वारा प्रवद्र्धन गरिएका लघु उद्यमीहरुको आर्थिक बिष्लेषणबारे डा. नरहरी ढकालले र लैगिक समानता तथा सामाजिक समावेशीकरणबारे छाँया झाले कार्यपत्र पेश गरेका थिए । सम्मेलनमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य र सचिव, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा अन्य कर्मचारीहरु, सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवहरु, अष्ट्रेलियन दूतावास र युएनडिपीका प्रतिनिधि, नीजि क्षेत्रका प्रतिनिधिहरु र देशैभरबाट आएका उद्यमीहरुको उत्साहजनक सहभागिता रहेको थियो । गोष्ठीमा लघु उद्यम बिकास सम्बन्धी बृत्तचित्र प्रदर्शन गरिएको थियो भने लघु उद्यम बिकास मोडेल सम्बन्धी सहयोगी पुस्तक समेत बिमोचन गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथिज्यूले लघु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शनीको उद्घाटन र अभिरुचिपूर्वक अवलोकन समेत गरेका छन् ।

मेडेपद्वारा श्रृजना भएका कूल उद्यमी मध्ये २६ प्रतिशत दलित, ३८ प्रतिशत जनजाति छन्् भने ३६ हजार १ जना उद्यमी स्तरोन्नति भै रहेका छन् । कार्यक्रमले हालसम्म १ लाख ७० हजारलाई प्रत्यक्ष तथा १ लाख ७२ हजार बढिलाई अप्रतक्ष रोजगारी दिएको छ । अति गरिबका लागि ७४१ साझा सुबिधा केन्द्र मार्फत १५ हजार बढि अति गरिबलाई कार्यक्रमले सहयोग पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्