Light Nepal

ट्रकको ठक्करले मोटरसाइकल भिरवाट खस्यो, बाबु छोराको घटनास्थलमै मृत्यु

बुटवल, ६ साउन । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत पर्ने सिद्धबाबा नजिकै ट्रकले मोटरसाईकललाई ठक्कर दिएर भिरबाट लडाउँदा दुई जनाको मृत्यु भएको छ । दोभान गाउपालिका हेडबक्स नजिकैको भिरबाट लडाउँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं. ७ टिन्टीआपका ४० बर्षिय माधव कुमाल र १९ बर्षिय उमेश कुमालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उमेश कुमाल माधव कुमालका छोरा हुन ।

ना ३ प १००८ नम्बरको ट्रकलाई ओभरटायग गर्न खोज्दा दुर्घटना भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । बावुछोरा सवार लु २१ प ९६८० नं. को एभजेएट बाईक सडक किनारमा पल्टिएको थियो भने दुवै जना करिव ९ सय मिटर तल तिनाउ नदि किनारमा झरेका थिए । छोरालाई कलेज पढाउन भन्दै बुटवल हिडेका उनी हेडक्स नजिकै दुर्घटनामा परेका हुन ।

उद्दारमा गर्न ढाई घण्टा
घटना घटेको थाहा पाएको प्रहरीले तत्काल घटना स्थल पुगेपनि स्रोत र साधनको अभावमा केही बेर अल्मलियो । बाटोबाट तल हेर्दा शवको केही भाग मात्र देखिन्थ्यो । तत्काल कम जनशक्तिले उद्दार तथा शव भएको स्थानमा पुग्न नसक्ने भएपछि पुनः ईलाका प्रहरी कार्यालय बुटवल र पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवल, दोभान प्रहरी चौकीबाट केही प्रहरी थप समेत गरिएको थियो ।

तिनाउको हेडबक्सबाट पुल तरेर पारी जाँदा आधा घण्टा वितिसकेको थियो । स्रोत साधनको अभाव र तालिम प्राप्त जनशक्ति नहुँदा उद्दारमा ढिलाई भएको ईलाका प्रहरी कार्यालयका डिएसपी डिल बहादुर मल्ले बताए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्