Light Nepal

केदारभक्त माथेमा भन्छन् यसो गरिए मात्र गोविन्द केसीको अनसन रोकिन्छ (भिडियो सहित)

काठमाडौं, ६ साउन । त्रिविका पूर्व उपकुलपति एवं ‘चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’का संयोजक केदारभक्त माथेमाले आफुहरुले दिएको प्रतिवेदनमा भएका गुणस्तर बढाउने कुरामा सरकारले कैचि लगाएको बताएका छन् । डा गोविन्द केसीको अनसनका पक्षमा आइतवार काठमाडौंको बशन्तपुरमा भएको सामुहिक अनसन कार्यक्रममा भेटिएका माथेमाले यस्तो कुरा बताएका हुन् ।

उनले प्रतिवेदनमा नर्सिंगंहरु्लाई पनि चिकित्सक शिक्षा आयोगले हेर्ने कुरा उल्लेख गरिएको विषयलाई सरकारले सिटिइभिटि अन्तरर्गत ल्याउने तयारी गरेको उनले बताए । जसका कारण वेरोजगार नर्सहरु उत्पादन भइरहेको उनको भनाइ छ । उनले आयोगभित्र चिकित्सकको मात्र नभएर सबै स्वास्थ्य क्षेत्रसंग सम्बन्धित विषयलाई सुझावका रुपमा दिइएको भए सरकारले एउटै क्षेत्रका विषयलाई पनि टुक्रा टुक्रा पार्दा गुणस्तर हुन नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्