Light Nepal

केपा बने विश्वकै महँगा गोलकिपर, चेल्सीसँग ७ बर्षको सम्झौता

काठमाडौं, २४ साउन । चेल्सीले विश्वकिर्तिमानी रकम खर्चिएर गोलकिपर भित्र्याएको छ । चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन एथ्लेटिको बिल्वाओका गोलकिपर केपा अरिजाब्लागा ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।

चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन् । यसअघि लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

चेल्सीमा अनुबन्ध भएसँगै कीपाले चेल्सीले आफुलाई अनुबन्ध गरेपछि उनले क्लबका लागि सक्दो मेहेनत गर्ने बताए । पहिलो रोजाईका बेल्जियन गोलकिपरका लागि थिवाउटट कोर्टुवाले क्लब छाड्ने संकेत गरेपछि लन्डन क्लब चेल्सीले स्पेन तथा विल्वाओका २३ वर्षीय युवा गोलरक्षक अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्य खर्चिएको हो ।

प्रतिक्रिया दिनुहोस्