Light Nepal

राष्ट्रिय सभाकी सांसदसमेत रहेकी कोमल ओली तीज कन्सर्टमा गीत गाउन अस्ट्रेलिया उडिन्

काठमाडौं, २४ साउन । संचारकर्मी, गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओली अस्ट्रेलिया उडेकी छिन् । अस्ट्रेलियामा रहेको मायालु इंटरटेनमेन्टले आयोजना गर्न लागेको तीज मेला कार्यक्रमको लागि उनी गायक खुमन अधिकारी सहित अन्य कलाकारहरुको टीमसहित अस्ट्रेलिया उडेकी हुन् ।

कार्यक्रमको लागि खुमन र कोमलसँगै गायक तेजस रेग्मी, गायिका शान्तिश्री परियार र डिजे नटकेस जान लागेका हुन् । कार्यक्रम अस्ट्रेलियाको केम्प्ट फिल्ड पार्क, हस्र्टभिलमा अगस्ट ११ मा हुने गायक खुमन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्