Light Nepal

एकै रातको बाढीले बगर बन्यो बाह्रबिसे बजार (फोटोफिचर)

सिन्धुपाल्चोक, ३ भदौ / सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगाएको छ । बाढी बाह्रबिसे बजारमा छिरेपछि बाटोमा ढुंगा र बालुवा मात्रै छ । उक्त बजार बगरमा परिणत भएको छ ।

अबिरल बर्षापछि साँधीखोल्चामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबिसे–तातोपानी जोड्ने पुल बगेको हो । गएराति पुल बगाए पछि बाह्रबिसे– तातोपानी सम्पर्क टुटेको छ ।

 

पुलमा ठूला ढुंगा आएपछि खोला थुनिएर बजारमा पसेको थियो । गएराती १० बजेतिर पुल बगाएको थियो ।

दुई दिनअघि नगरपालिकाको बाह्रबिसे र खुर्सानीबजार जोड्ने पुल भीरकुना र कोसिनडाँडा हुँदै आउने साँधीखोल्साले क्षतिग्रस्त भएको थियो ।

पहिरोले पुल छेउका ४ घर उच्च जोखिममा परेका छन् ।

बाह्रबिसेमा अहिले बाढी र पहिरोको त्रास वढेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्