Light Nepal

यस्तो बन्यो रेखा थापाको फिल्म ‘मालिका’ को दोस्रो गीत (भिडियोसहित)

काठमाडौं, ४ भदौं । अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को दोस्रो गीत सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘सर सर…’ बोलको गीतमा आस्था राउतले स्वर भरेकी छन् ।

भिडियोमा फिल्मका लिड कलाकार रेखा र कमला वलीको यात्रा देखाइएको छ । हरेक फिल्ममा नारी सशक्तिकरणको आवाज उठाउने रेखाले यसपटक ‘मालिका’ मा बाल विवाहको कथालाई अगाडी ल्याएकी छन् ।

रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।

नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ को ‘हल्का माया’ बोलको गीत अहिले चर्चामा छ । ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्