Light Nepal

जब छोटा लुगा लगाएको भन्दै प्रहरीले गायिका समृद्धि राईलाई बग्गीखानाको गेटमै रोके …

काठमाडौं, ५ भदौ । गायिका तथा यूट्यूवर समृद्धि राईलाई छोटो लुगा लगाएर आएको भन्दै मंगलवार बग्गीखाना प्रवेशमा रोक लगाइएको छ । ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगेकी राईलाई गेटमा ड्युटिमा बसेकी महिला प्रहरीले छोटो लुगा लगाएको भन्दै कार्यालय प्रवेशमा रोक लगाएको राईले सामाजिक संजाल मार्फत जनाएकी छन् । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक प्रहरीले कुर्ता सुरवाल लगाएर आउनु भन्दै गेटमा रोकेको उनले बताएकी छन् ।

प्रहरीले गेटमै रोकेपछि उनले त्यहँवाट आफुले लगाएको लुगा सहितको भिडियो सामग्री सामाजिक संजालमा पोष्ट गरेकी छन् । उनले भिडियो सामग्रीमा आफुले लगाएको लुका उछृगंखल नभएको जनाएकी छन् । भिडियोमा देखिए अनुसार उनले लगाएको लुगा त्यस्तो आपत्तीजनक देखिदैन । सामान्य वान पिस लुगा लगाएर गएकी उनलाई महिला प्रहरीले उछृखंल लुगा लगाएकालाई भित्र जान दिए आफुलाई हाकिमले गाली गर्ने भन्दै रोकेकी थिइन् ।

राईले भिडियो पोष्ट गर्दै गेटमा बसेकी एक महिला प्रहरीले आगन्तुकका लागि नयाँ ड्रेस कोड आएको भन्दै आफुलाई भित्र जान रोक लगाएको बताएकी छन् ।

केही दिन अघि माइतीघरमा लेन मिचेर कारबाहीमा परेकी राई आफ्नो लाइसेन्स लिन मंगलवार बग्गीखाना पुगेकी थिइन् । विहान ११ वजे बग्गीखाना पुगेकी उनलाई महिला प्रहरीले भित्र पस्न नदिएपछि त्यसै फर्किएको बताएकी छन् । ति महिला प्रहरीले आफुलाई भित्र पस्न नदिएर अर्का पुरुष प्रहरीलाई उनलाई भित्र जान दिने की नदिने भन्ने बारेमा राय समेत लिएको उनले बताइन् । तर ति दुलाल थरका पुरुष प्रहरीले आफुलाई झन हेपेर बोलेको राईको भनाई छ ।

आफ्नो केही काम भ्याएर फेरि १ बजे बग्गीखाना पुग्दा वान पिसमा रेनकोटको सुरुवाल लगाएर गएको उनले जानकारी दिइन् । पुरुषहरु हाफ पाइन्ट लगाएर भित्र पसिरहेको देखेपछि उनलाई दुलाल थरका पुरुष प्रहरीले हाकीमको कोठामा पुर्याएका थिए । तर प्रहरी एसपीले उनको लुगामा कुनै उछृगंखलता नभएको भन्दै महिला प्रहरीलाई बोलाएर त्यसबारे सोधेको राईले बताएकी छन् । महिला प्रहरीले यस अघि उछृगंखल लुगा लगाएका महिलालाई भित्र पठाउँदा आफुले गाली खाएका कारण उनलाई रोकेको जवाफ दिएकी छन् ।

त्यसपछि एसपी सरले यत्तिको लुगामा केही फरक पर्दैन भनेर सम्झाउनुभयो । कुनै नयाँ ड्रेस कोड नआएको उहाँले बताउनुभयो ।राईले भनेकी छन् । पूर्वपत्रकार तथा अहिले यूट्यूबमा ट्राभल भिडियो बनाउने राइले आफु माथि भएको त्यस्तो घटनाले आफु अचम्ममा परेको बताएकी छन् । फोटो समृद्धिको फेसवुकवाट

प्रतिक्रिया दिनुहोस्