Light Nepal

बालबालिकाको संरक्षण कसरी गर्ने ? प्रदेश ५ मा छलफल सुरु

बुटवल, ५ भदौ । प्रादेशिक तहमा बाल संरक्षण प्रणाली सम्बन्धी २ दिने कार्यशाला गोष्ठी बुटवलमा सुरु भएको छ । स्थानिय तहका प्रतिनिधी तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको कार्यशाला गोष्ठीमा बालबालिकाको संरक्षण, अधिकार र कानुन कार्यान्वयनका बारेमा छलफल गरिएको छ । कार्यशालाको एक कार्यक्रमका बीच प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश कानुन निर्माण अथवा स्थानिय तहले निर्माण गर्ने कानुनमा बालबालिकाको अर्थपुर्ण सहभागिता हुनुपर्ने जोड दिए ।

प्रदेश सरकारले बालबालिका सम्बन्धी कानुन बनाउन लागेको भन्दै त्यसमा बालबालिकाको अर्थपुर्ण सहभागिता हुनुपर्ने बताए । बालबालिकाको सहभागिता सुनिश्चित भए अपेक्षाकृत परिणाम आउने मन्त्री बरालको भनाई छ ।

उनले अझै पनि बालबालिकामा बालविवहा र बालश्रम जटिल विषय भएको बताए । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट अपरिपक्क तरवले बालविवहा हुने गरेको भन्दै बालविवहा रोक्नु अहिलेको मुख्य चुनौती भएको बताए । नेपाल सरकारका पुर्व सचिव बालानन्द पौडेलले प्रदेश र स्थानिय तहमा बालसंरक्षणको ढाँचा कस्तो बनाउने भन्ने विषय मुख्य रहेको भन्दै सवैको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा पुर्व सचिव पौडेलले बाल संरक्षणका लागि संघ तथा प्रदेश सरकार, बाल संरक्षण सम्बन्धी प्रदेश सरकारको अधिकार, दायित्व तथा भुमिकाका बारेमा जानाकारी गराएका थिए ।

कानुन मस्यौदा तथा सुझाव आयोगकी सदस्य विष्णु पोखरेलले बालबालिका सम्बन्धी कानुन राम्रो बन्ने गरेपनि कानुन कार्यान्वयन चुनौतिपुर्ण रहेको बताईन । उनले प्रदेशले बालबालिका सम्बन्धी ऐनको ढाँचा तयार गरिसकेको बताईन । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले साधन, स्रोत का कारणले पनि बालसंरक्षण चुनौतीपुर्ण रहेको बताईन । होटल तथा यातायात क्षेत्रमा अझै पनि बालश्रम शोषण भएपनि स्रोत व्यवस्थापनका कारण उनीहरुलाई उद्दार गर्न स्थनिय सरकार असक्षम रहेको गुनासो गरिन ।

प्रतिक्रिया दिनुहोस्