Light Nepal

प्रदेश ५ मा बुधवार सार्वजनिक बिदा

बुटवल, ५ भदौ । प्रदेश नम्वर ५ को सरकारले भोली मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।भोली प्रदेश सरकारले सार्बजनिक बिदा दिने निणर्य गरेको मुख्यमन्त्रि शंकर पोखरेलका प्रस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिए ।प्रदेश अन्र्तगतका सार्वजनिक कार्यालयहरु बन्द हुने भएपनि संघिय सरकार अन्र्तगत रहेका कार्यालयहरु खुल्ने नखुल्ने अन्यौल छ ।

संघिय सरकारले सार्बजनिक बिदा नदिए जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट बैकको भैरहवा शाखा तथा बैक तथा बित्तिय सस्था, भन्सार, राजश्व लगायतका कार्यालय खुल्ला रहने छन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले प्रदेश सरकारले गरेको निणर्य बारेमा जानकारी नभएको र संघिय सरकारले पनि अहिलेसम्म बिदाको घोषणा नगरेकाले संघिय सरकार अन्र्तगतका कार्यालयहरु खुल्ला रहन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्