Light Nepal

रुसको नयाँ हतियारः जसले पुरै बेलायत-फ्रान्स र आधा अमेरिका ध्वस्त पार्न सक्छ

एजेन्सी । रुसले एक पटक पुनः विश्व युद्धको तयारी गरिरहेको संकेत दिएको छ । रुसले भयानक विनाशक मिसाइल सार्वजनिक गरेपछि नेटो र अमेरिका तर्सिएका छन् ।रुसले यो हतियारको नाम RS 28-SARMAT राखेको छ भने यो मिसाइललाई नेटोले SATAN-2 नाम दिएको छ । ७ किलोमिटर प्रतिसेकेण्डको तिव्र गतिमा युद्ध लड्न सक्ने यो मिसाइलको क्षमता ११ हजार किलोमिटर सम्म मार हान्न सक्ने रहेको बताइएको छ ।यो एक पटक प्रयोग भएमा बेलायत र फ्रान्स जस्ता देश समेत एकै पटकमा खरानी हुन सक्ने र आधा अमेरिकाको नाम निशान मेटिन सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अझै खतरनाक कुरा त यसलाई अहिले सम्म बनेको एन्टी मिसाइल प्रिविधीले ट्र्याक गर्न सक्दैन । यदी यो हतियार प्रयोग भएमा हिरोसिमा र नागासाकीमा खसेका बम सामान्य लाग्ने विश्लेषकहरुले बताएका छन् ।संसारका परमाणु हतियार सम्पन्न राष्ट्रहबीच बढिरहेको विवादका कारण तेश्रो विश्व युद्धको चर्चा पनि बढेर गएको छ ।हतियारको होड गरिरहेका महाशक्ति राष्ट्रहरुबीच शितयुद्धकालीन चेतावनीको भाषा पनि आदान प्रदान भैरहेको छ । पछिल्लो समयमा विश्व महाशक्ति अमेरिका र अर्को शक्ति रुसबीच बढिरहेको तनावले विश्व युद्ध हुने हो कि भन्ने आशंका जन्माएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकहरुलाई परमाणु आक्रमणको सामना गर्न तयार रहन आह्वान गर्दै ड्रिल समेत गराइरहेका छन् । उनले वाररुममा बसेर हतियारको परीक्षण पनि गरिरहेको बताइन्छ । रुससँग रहेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलले ११ हजार किलो मिटर टाढा सम्म अचुक निशाना लगाउन सक्छ । रुसले यस्ता कम्तिमा ५० वटा मिसाइल तैनाथ गरेर राखेको विश्वास गरिन्छ । सन् २०२० सम्ममा रुसले अन्य देशबाट हुने परमाणु हतियार निष्फल तुल्याउन १०८ वटा मिसाइल डिफेन्स तैनाथ गरिसक्ने छ ।

यदि विश्व युद्ध शुरु भैहालेमा रुसले आफ्नो सबैभन्दा शक्तिशाली हतियार प्रयोग गर्ने छ । रुससँग रहेको यो टोपोल मिसाइल संसारको जुन स्थानमा खस्छ त्यो स्थान १ मिनेटमै खरानीमा परिणत हुनेछ । रुसले पछिल्लो समय आफूसँग रहेका हतियार परीक्षण गरिरहेको छ ।

रुससँग अर्को शक्तिशाली हतियार सुखोई T-50 लडाकु जेट पनि छ । यो लडाकु जेटलाई कुनै पनि राडारले ट्र्याक गर्न सक्दैन । हावाबाट जमिनमा प्रहार गरिने हतियार बोक्ने यो सुखोई T-50 २४ सय किलोमिटर प्रति घण्टाको रफ्तारमा सम्म हावामा उड्न सक्छ । रुसले जुनसुकै बेला प्रयोग गर्न मिल्ने गरि १६४३ वटा आणविक हतियार सम्पन्न मिसाइल तयारी अवस्थमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्