Light Nepal

यस्तो बन्यो बलिवुडको अहिलेसम्मकै सबैभन्दा खतरानक भनिएको बहुप्रतिक्षीत फिल्म २.० (टिजरसहित)

काठमाडौँ, २८ भदौ । दक्षिण भारतका चर्चित फिल्म निर्माता निर्देशक एस शंकरले निर्माण र निर्देशन गरेको फिल्म २.० को पहिलो टिजर सर्वजनिक भएको छ। साइन्स फिक्सनमा आधारित यस फिल्ममा अक्षयकुमार निगेटिभ भूमिकामा रहेका छन् भने रजनीकान्तको भूमिका महत्वपूर्ण रहेको छ ।

टिजर अत्यन्त राम्रो र प्रविधिको अत्यन्त प्रयोग गरिएको देखिन्छ। यस बर्षकै प्रतिक्षीत मध्येको एक फिल्म रहेको २.० आगामी नोभेम्बर २९ मा प्रदर्शन हुदै छ।

यस फिल्मको लागत र ग्राफिक्सको लागतलाई लिएर अभिनेता अक्षयकुमारले हालै एक आँकडा सार्वजनिक गरेका थिए। फिल्म निर्माणका क्रममा ७५ मिलियन डलर अर्थात् ५४४ करोड भारतीय रुपैया खर्च भएको अभिनेता अक्षयले जानकारी दिएका थिए। तामिल र हिन्दि भाषामा बनाइएको यस फिल्म अहिलेसम्म कै ठुलो लागतमा बनाइएको फिल्म मध्ये एक बनेको छ।

प्रतिक्रिया दिनुहोस्