Light Nepal

अमेरिकामा रहेका चर्चित पत्रकार प्रेम बाँनियालाई पुत्री लाभ, यसरी जाहेर गरे खुशी

काठमाडौं, २८ भदौं । हाल अमेरिकामा रहेका चर्चित पत्रकार प्रेम बाानियाँलाई पुत्री लाभ भएको छ । नेपालमा रहँदा राष्ट्रिय विषयबस्तुमथि गम्भीर बहस चलाउउँदैं विकृतिहरुमाथि तीखो प्रहार गर्ने बाँनियाँ आम दर्शकमाझ निकै लोकप्रिय रहँदै आएका छन् ।

केही वर्षअघि अमेरिका पुगेका बाँनियाले आफु छोरीको पिता बनेको खुशी फेसबुकमा सेयर गर्दै जाहेर गरेका छन् । ‘जीवनकै महत्वपूर्ण पहिलो एउटा ‘सेल्फी’ समयासँग !!! यो सुन्दर संसारमा स्वागत छ समया ! तिम्रो जन्मको अर्थ र सार्थकता समयान्तरमा सिद्ध हुनेछ।’ भर्खरै जन्मेकी छोरीसहितको फोटो सेयर गर्दै लेखिएको उनको स्ट्याटसबाट उनकी छोरीको नाम समया रहेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्