Light Nepal

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई जोगाउन प्रयास बन्द गरियोस भन्दै बिरोध र्याली (हेर्नुहोस भिडियो)

जातीय छुवाछुत कानुनी अपराध हो । नेपाललाई सरकारले नै जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकेको छ, तर पनि अहिले समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम रोकिएको छैन । अहिले पनि दलित भएकै कारण मान्छेहरू कथित उपल्लो जातबाट कुटिएका छन् । समाजमा अहिले पनि दलितमाथि विभेद गर्नेक्रम रोकिएको छैन । पानी पँधेरो होस् वा घरभित्र सामान छुँदा समेत दलितले यातना व्यहोर्नु परिरहेको छ । शिक्षित व्यक्तिहरूले नै दलित माथि जातीय विभेद गर्ने र मन्दिरमा समेत रोक लगाउने गरेको पाइन्छ ।

२१ सौँ शताब्दीमा पनि हाम्रो समाज छुवाछुतको पीडा भोग्न अभिसप्त हुनु दुर्भाग्य नै हो । जुन दुर्भाग्यले हाम्रो समाज विकासको क्रमलाई बाधा र अवरोध पुर्‍याएको छ । विश्व मानवसभ्यता अर्के उच्चाइमा पुग्दै गर्दा नेपाल भने एउटा मान्छे सानो जातको र अर्को मान्छे ठूलो जातको भन्ने भावनाले ग्रसित छ । यस्ता भेदभाव नमेटाउने हो भने सामाजिक विभेदले सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्नेछ ।

यसै क्रममा दलित तथा अल्पसंख्यक बिभाग नयाँ शक्ति पार्टी नेपालले बढ्दो हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलगायतका पीडित परिवारलाई तत्काल न्याय दिन माग गर्दै नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको विरोध प्रर्दशन गरेको हो ।

बढ्दो हत्या, हिंसा र बलात्कारमा संलग्न अपराधिलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्न सडक आन्दोलन गर्नु परेको पार्टीकी नेतृ दुर्गा सोबले जानकारी दिइन्।प्रर्दशनीमा महिला र बालबालिकामाथि हुने बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारी विरुद्ध चर्का नाराबाजी पनि गरिएको थियो।

स्मरण रहोस निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई जोगाउन प्रयास गरेको भन्दै सर्वत्र त्यसको विरोध भइरहेको छ । निर्मला पन्तको वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै प्रदर्शन तथा आन्दोलनका कार्यक्रम जारी छ । प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा भिमदत्त नगरपालिका–१९, बागफाँटाका मानसिक रुपमा अस्वस्थ दीलिप बिष्टलाई सार्वजनिक गरेपछि जनस्तरमा आक्रोश बढेको थियो । आक्रोशितहरु साथै विभिन्न क्षेत्रका व्यक्तिहरु प्रदर्शन गरिरहेका छन् भने वास्तिविक दोषी पत्ता लगाउन माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्