Light Nepal

भारतीय राजदूतले भेटेको केही दिनमै नवनियुक्त प्रधानसेनापतिलाई बधाई दिन चिनियाँ राजदुत पुगिन जंगी अड्डामा

काठमाडौं, २९ भदौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि चिनियाँ राजदुत यु हंगले आज जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेकी छन् ।

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत हंगले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्