Light Nepal

सुन तस्करी प्रकरण : एक पछि एक गर्दै अदालतवाट छुट्दै अभियुक्त, एसपि विकासराज खनाल समेत रिहा

काठमाडौं, २ असोज । ३ हजार ८ सय किलो सुन तस्करी प्रकरणमा एक एक गर्दै अभियुक्तहरु रिहा हुन थालेका छन् । उच्च अदालत विराटनगरले सो घटनामा मुछिएका निलम्बित एसपी विकासराज खनाललाई समेत छाड्न आदेश दिएको छ।

उच्च अदालतको आदेशवाट यसअघि एसपी दिवस लोहनी, डिएसपी प्रजित केसीका र गोरेका सहयोगी रामकुमार तिवारी रिहा भइसकेका छन् ।

मंगलबार न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलाशले जिल्ला अदालत मोरङको फैसला बदर गर्दै खनाललाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।

खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्कर समुहबाट नियमितत घुस लिने गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो । पक्राउ पर्दा मकवानपुर प्रहरी प्रमुख रहेका खनालले सनम शाक्य हत्यापछि पनि बारम्बार चुडामणि उप्रेती गोरेसँग सम्पर्कमा रहेको खुलेको थियो।

सुन प्रकरणमा गत चैतमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले गत वैसाख ११ गते खनाललाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्