Light Nepal

साना उद्योगलाई प्रोत्साहन गर्न औद्योगिक प्रर्दशनी तथा व्यापार मेला

बुटवल ३ असोज । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी कुटिर साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यले असोज १९ गते देखी बुटवलमा संचालन हुन लागेको तेश्रो राष्ट्यि औद्योगिक प्रर्दशनी तथा व्यापार मेलाको स्टल वुकिङको कार्य अन्तिम चरणमा पुगेको छ ।

विभिन्न पेभिलियन गरी ४ सय भन्दा वढि स्टल रहने उक्त प्रर्दशनीमा करिव ३ सय ५० स्टल दर्ता भई सकेको स्टल दर्ता व्यवस्थापन उपसमितिका संयोजक गोविन्द प्रसाद गैरेले जानकारी दिए । पूर्व मेची देखी पश्चिमका विकट पहाडी जिल्लाहरुको बाट समेत स्टल दर्ता गराउन उद्योगी व्यवसायीहरु बुटवल मण्डपमा आएका छन ।
तराई देखी हिमाल सम्मका उत्पादनहरुको एकै ठाउमा प्रर्दशन गरी तिनको प्रर्वद्धन गराउने गरी स्टल दर्ता गरिएको संयोजक गैरेले जानकारी दिए । स्टलमा विविधिकरण गर्ने प्रयास गरेका छौ । उनले भने– एउटै थलोमा तानमा बुनिने पाल्पाली ढाका, कारागारका कैदीवन्दीले तयार गरेका हस्तकलाका सामाग्री, उच्च पहाडी जिल्लामा उत्पादीत अल्लो, इन्जिनियरिङ तर्फ नमुना हाईड्रो पावर देख्न पाईने छ ।’

उनका अनुसार प्रर्दशनीमा घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई प्रोत्साहन गरिएको छ । दैनिक उपभोग्य वस्तुको लागि खाद्य पेभिलियन, दशै बजारको लागि दशै स्पेशल पेभिलियन, अटो पेभिलियन, कृषि पेभिलियन, गार्मेट पेभिलियन, सूचना प्रविधि पेभिलियन राखिने छ ।

सटल निर्माण कार्य पनि तिव्रगतिमा अघि वढेको छ । ८० प्रतिशत स्टल निर्माण कार्य सम्पन्न भएको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक प्रविण पाठकले जानकारी दिए । उनका अनुसार ४ दिन भित्र स्टल निर्माणको काम पुर्ण रुपमा सम्पन्न हुने छ । मेला स्थलमा इन्टरनेट टेलिफोन, फ्याक्स, पार्किङ, प्राथमिक उपचार पिउनेपानी शुरक्षाको लागि सिसिटिभी सहितको शुरक्षा व्यवस्था मिलाईएको आयोजकले जनाएका छन ।

प्रर्दशनीलाई कसरी आकर्षक र फरकपनि दिन सकिन्छ भनेर आयोजक योजना बनारहेका छन । संघका पुर्व अध्यक्ष एवं मेलाका संरक्षक खिमनारायण पराजुलीले प्रर्दशनीलाई विगतको भन्दा बढि आकर्षक तथा दर्शक उपभोक्तालाई सहज र सर्वसुलभ गराउने गरी काम भईरहेको बताए । प्रदर्शनी आउने दर्शकले ९ तले धरहरा हेरेर र चढेर त्यसै फर्कन पाउने छैनन । लोपोन्मुख चर्खे (रोटे) पिङ र लिङगे पिङको मज्जा लिन पाईने भएको छ । प्रर्दशनीमा लोपोन्मुख रोटे पिङ राखिने भएको हो । यो पिङ पहाडी जिल्लामा खेलिने भएपनि अहिले लोप हुने अवस्थामा छ ।

त्यसैगरी दर्शकले लिङ्गे पिङको मजा पनि लिन पाउनेछन । मेला भित्र प्रवेश गर्दा दशै तिहार आएको झलको दिने गरी संरचनाहरु तयार गरिएको मेला प्रचार प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए । तयारीको क्रममा गणतन्त्र स्तम्भ रंग रोगन गरि चिटिक्क पारिएको छ ।

प्रवेशद्धार निर्माण र मन्च निर्माणको कार्य प्रारम्भ भएको र प्रर्दशनीको मुख्य आकर्षकको रुपमा रहने धरहरा निर्माण कार्य ५० प्रतिशत पुरा भएको संघका महासचिव तथा सचिवालय व्यवस्थापन समिति उप समितिका संयोजक केशव श्रीसले जानकारी दिए । उनका अनुसार सचिवालयका काकारवाही तिव्र गतिमा अघि वढेको
छ । पत्राचार तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसंग भेटघाट तथा अन्तरक्रियालाई तिव्रता दिईएको छ । जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेको उक्त प्रर्दशनी असोज २८ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्