Light Nepal

निर्मला हत्या प्रकरण: एक पछि अर्को यसरी खुल्दै छ रहस्य ‘भिडियो’

निर्मला पन्त बलात्कारपछि हत्या भएको २ महिना पुग्न लाग्यो । १० साउनमा भएको उनको हत्यामा संलग्न हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारले गरेका अनुसन्धान एक ‘नाटक’जस्तो पटाक्षेप भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।हत्याकाण्डपछि उत्पन्न परिस्थितिपछि शोकमा डुबेका कञ्चनपुर क्षेत्रका बासिन्दा प्रहरीको पछिल्लो गतिविधिले फेरि त्रसित बन्न थालेका छन् ।निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीले बाहिरी रूपमा सक्रियता देखाइरहेको भए पनि भित्री रूपमा तथ्य लुकाउने प्रयास गरेको देखिएको छ ।निर्मलाको भेजाइनल स्वाबबाट बलात्कारीको डिएनए ग्रो गर्न सफलता मिलेपछि जागेको आशा र अनुसन्धानलाई अहिले अन्तै मोड्ने प्रयास थालिएको छ ।जनदबाबका कारण प्रहरीले एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुस विष्टको डिएनए परीक्षणका लागि रगतको नमुना लिएको थियो । तीन जनाको मात्रै रगतको नमुना लिएर त्यो क्रम रोकेसँगै सिंगो प्रहरी संगठनकै नियतमा प्रश्न उठ्न थालेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्