Light Nepal

जालझेलमा अल्झिएको कोहलपुर वसपार्क

कुनै पनि जिल्लाको अवस्थाको चित्रण त्यहाँ रहेको बसपार्कवाट सुरु हुन्छ । अन्य जिल्लाका ब्यक्तिले त्यो जिल्ला कस्तो छ भन्ने मुल्याङ्कन बसपार्कवाटै गर्न सुरु गर्छन । किन भने गन्तब्यको सुरुवात हुने बसपार्कवाट नै हो ।

बाँकेको कोहलपुर तीनवटा प्रदेशको केन्द्र बिन्दु हो । प्रदेश ५ मा रहेको कोहलपुर कर्णाली प्रदेश, प्रदेश ७ र प्रदेश ५ कै राजधानीको समेत केन्द्रबिन्दु हो । यि स्थानमा जान कोहलपुर नटेकी सुखै छैन । भारतीय सिमाना समेत रहेकाले भारत जाने, चिनको मानसरोवर तिर्थ यात्राका लागि राँझा बिमानस्थल जान पनि कोहलपुरको माटो नटेकी जान सकिदैन । बुटवल प्रदेश ५ को राजधानी हो भने कोहलपुर तीनवटा प्रदेशको राजधानी बन्ने क्षमता राख्ने शहर हो । तर पनि यो शहर संधै उपेक्षित रह्यो ।

कुरा गरौं बसपार्कवाटै । कोहलपुर बसपार्क यि सबै क्षेत्र र प्रदेशमा जाने यात्रुहरुका लागि ‘जक्सन’ हो । तर त्यहाँको ब्यवस्थापन भने वर्षौ देखि हुन सकेन । वाम गठबन्धनको सरकार पछि कोहलपुरको विकासका लागि केही कामको सुरुवात भयो । तर विकास नचाहने र ब्यक्तिगत स्वार्थमा केन्द्रित रहेका केही ब्यक्तिको स्वार्थमा परेर ति विकासका कामले पनि गति लिन सकेको छैन । स्थानिय तहको निर्वाचन पछि आएका जनप्रतिनिधिले अहिले रहेको कोहलपुर बसपार्कलाई ब्यवस्थित गर्न एउटा योजना ल्याए ।

जसमा बसर्पाक क्षेत्रलाई पिच गर्ने र अर्काे बसपार्कमा सपिङ्ग मल बनाउने । पाँच करोड रुपैया लगानीमा पुर्व पश्चिम ९६ मिटर र उत्तर दक्षिण ७८ मिटर चौडाईमा पिच गर्ने योजना बनाइयो । साथै ९ करोड लगानीमा ब्यवस्थित सपिङ्ग मल निर्माण गरी स्थानियलाई रोजगारीको पहिलो प्राथमिकता दिने, साथै बसपार्कमा वर्षै देखि ब्यवसाय गरेर बसेकाहरुलाई पनि सोही मलमा ब्यवस्थापन गर्ने योजना बनाइयो ।
गत साउन २५ गते वसपार्क सुधार समिति र राजनीतिक दलका प्रतिनिधि रहेको सर्वदलिय बैठकले बसपार्क ब्यवस्थापनका लागि माथि उल्लेख गरे अनुसारको निर्णयमा सहयोग गर्ने र त्यहाँ वर्षौ देखि ब्यवसाय गरेका तथा स्थानिय बासीन्दाले पनि ठाउँ खाली गर्न सहमति भयो । तर त्यसको भोलीपल्ट नै त्यहाँ चलखेल सुरु भयो । अघिल्लो दिन बसपार्क खाली गर्न सहमत भएका ब्यवसायी भोलीपल्ट नै त्यसको वर्खिलापमा उत्रिए ।
बर्खिलापमा उत्रनको कारण बनाइयो पूर्व उपसभामुख समेत रहेकी नेकपाका सांसद पुर्णाकुमारी सुवेदी । उनले प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै बसपार्कमा लामो समय देखि बसोबास गरेकाहरुलाई ब्यवस्थापन गर्नुपर्ने विषय संसदमा उठाइन् । सोही कुरालाई टेकेर अघिल्लो दिन बसपार्क खाली गर्न सहमत भएकाहरु पनि अब बसपार्क क्षेत्र नछोड्ने अडानमा गए । अघिल्लो दिन गरिएको निर्णय उल्टियो । जसका कारण कोहलपुरको दृष्य देखिने एउटा ऐना बसपार्कको ब्यवस्थापनको काम अवरुद्ध भयो ।

कोहलपुरले राजनीतिक हिसावले केन्द्रको नेतृत्वगर्ने दर्जनौं नेता जन्मायो । तर त्यहाँको विकासको लागि नविन सोँच र योजनाका साथ डटेर लाग्ने नेता भने पाएन । केन्द्रमा आएका नेताहरु केन्द्रमा नै मस्त भए पनि जिल्लामा नेतृत्व गरेका नेतामा पनि न त नयाँ सौंच छ न त त्यसलाई पुरा गर्ने दृढ संकल्प । बनाइएका योजनालाई पनि पुरा गर्न जिल्ला र केन्द्रमा रहेका नेताहरु बिच समन्वय छैन । त्यसैको उदाहरण हो बसपार्क ब्यवस्थित नहुनु ।

बसपार्क ब्यवस्थित गर्न अघिल्लो दिन सहमति गरेका कुनै स्थानिय नेताले त्यहाँको विकास भन्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न केन्द्रीय तहमा रहेकी नेता पुर्णा सुवेदीलाई प्रयोग गरे । अघिल्लो दिन सर्वदलिय बैठकमा ठाउँ खाली गर्छु भनेर सहमति गर्ने अनि घरमा आएर पुर्णालाई फोन गरेर वर्षाको समयमा हामीलाई बसेको ठाउँवाट नै निकाल्न खोजियो हाम्रो पक्षमा बोलिदिनुपर्यो भनेर फोन गर्ने । यस्तो दोहोरो चरित्र भएको पात्रका कारण पुर्णा सुवेदीले केन्द्रिय संसदमा बसपार्कमा बसेकाहरुलाई ब्यवस्थापन नगरी त्यहाँको विकासको काम समेत गर्न हुन्न भनेर बोलीदिनाले बन्नै लागेको काम समेत बिग्रीयो ।

यो विषयमा न त पुर्णा सुवेदीले मलाई फोन आयो कुरा के हो भनेर अन्य स्थानिय नेतासंग बुझ्ने कोशिष गरीन् न त स्थानिय नेताहरुले पनि उनीसंग त्यहाँ भइरहेका कृयाकलापका वारेमा उनलाई जानकारी नै गराए । यसरी जिल्ला र केन्द्रिय नेता बिच समन्वय हुन नसक्दा बिचमा खेल्नेहरुले मौका पाए ।

‘वर्षौ देखि त्यहाँ आश्रय लिएर बसेको जनातालाई वर्षाको समयमा बिचल्लीमा पारीयो मेरो बारेमा बोलिदिनुपर्यो भने पछि म जनताको प्रतिनिधिको नाताले बोल्न करै लाग्यो’, नेता सुवेदीले लाइट नेपालसंग भनिन्, तर सर्वदलिय बैठकमा भएको निर्णयका बारेमा मलाई जानकारी भएन । म एउटा पार्टीको नेता भएका कारणले पार्टीको निर्णय विपरीत कुनै हालतमा जान सक्दिन ।’ उनले बसपार्क ब्यवस्थापनको पक्षमा सर्वदलिय बैठकले गरेको निर्णय नै सबैको स्वीकार्य हुने बताइन् ।

यता सोही बैठकमा बसेका नेकपाका नेता खिलप्रसाद भुषालले पनि निर्णयका बारेमा केन्द्रमा रहेका पुर्णा सुवेदी लगायतका नेतासंग समन्वय नभएको स्वीकारे । काठमाण्डौंमा संगै भेटिएका यि दुई नेताहरुले आगामी दिनमा कोहलपुरको विकासका काममा अब समन्वय गरेर जाने बताएका छन् । उनीहरुले भने जस्तै जिल्लामा उठाइएका योजना र विकासका कामलाई केन्द्रमा रहेका नेताहरुले पनि सहयोग गरे कार्यान्वयनमा जान सजिलो हुनेछ । बसपार्क ब्यवस्थापनका लागि अर्काे ठुलो योजना सपिङ्ग मल निर्माण गर्ने काम सुरुवात भएकै छैन । त्यसको सुरुवात गर्न थुप्रै समस्या छन् । त्यसैले कुनै पनि पक्षले विकासलाई सर्तमा राखेर आफ्नो मनोकांक्षा पुरा गर्ने होइन । विकासलाई हुन दिने तर आफ्ना कुनै माग छन् र सांच्चैनै अन्यायमा परेको हो भने पुरा गर्ने अनेक पाटाहरु छन् ति अन्य पाटालाई अवलम्बन गर्न सकिन्छ ।

कोहलपुर वसपार्कमा बसोवास गरेको भनिएका ७५ घरपरिवार मध्ये वास्तविक ब्वयस्थापन गर्न आवश्यक रहेका घरपरिवारको पहिचान गरी त्यसका लागि पहल गर्न आवश्यक छ । ब्यवसायका लागि नगरविकासको जमिनलाई पटक पटक विक्रि गर्दै नयाँ ब्यवसायी भित्र्याउनेहरुको पनि पहिचान गर्नु आवश्यक छ । त्यस्ता ब्यक्तिहरुवाट भएको विकासको अवरोधलाई भने कानुनी ढंगले उपचार खोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्