Light Nepal

अश्लिल सामग्री राख्ने वेवसाइट विरुद्ध सरकार आक्रामक,अहिलेसम्म १६ हजार बढी वेबसाइट बन्द

काठमाडौं, १९ असोज । यौनजन्य अश्लिल सामग्री राख्ने वेबसाइट बिरुद्ध सरकार आक्रामक बन्दै गएको छ । अहिलेसम्म सरकारले १६ हजारभन्दा बढी यौनजन्य अश्लिल सामग्री राख्ने वेबसाइटलाई बन्द गराइको जनाएको छ ।

दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन बमोजिम प्राधिकरणले असोज ८ गतेदेखि नै त्यस्ता वेबसाइट बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको थियो ।

त्यस्ता अश्लिल यौनजन्य सामग्री प्रकाशन प्रसारण गर्ने वेबसाइट एकलाख भन्दा बढी छन् तर अहिले मुख्य मुख्यलाई मात्र बन्द गराएको सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्