Light Nepal

रामकुमारी झाँक्री भन्छिन– विधार्थी नेताको उमेरहद २८–२९ तोकौं

काठमाडौं, २३ असोज । विधार्थी नेता कसलाई भन्ने ? बहस लामो समयदेखि चलिरहेको छ । दाह्री कपाल फुलिसक्दा पनि विश्वविधालय भर्ना गरिरहने र विधार्थाीको रुपमा विधार्थी संगठनमा कब्जा जमाइहरने प्रवृत्ति नै नेपाली विधार्थी आन्दोलनको सबैभन्दा ठूलो समस्या हो । यस्तोमा काँगेसको भातृसंगठनको रुपमा रहेको नेपाल विधार्थी संघले आफ्नो संगठनका लागि ३२ वर्षको उमेर हद तोकेको छ । यसले अन्य विधार्थी संगठनहरुलाई पनि अहिले तरंगित बनाएको छ । यसले फेरि विधार्थी नेताको उमेर हदको बहसलाई केन्द्रमा ल्याएको छ ।

यही बहसमा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा नेत्तृ रामकुमारी झाँक्रीले पनि उमेर हदका विषयमा फेसबुकमा लामो टिप्पणी लेख्दै विधार्थी नेताको उमेर हद २८–२९ वर्ष तोकिनुपर्ने उल्लेख गरेकी छन् । अखिल नेपाल विधार्थी संगठन (अनेरास्ववियु) को नेत्तृत्व सम्हालिसकेकी झाँक्री विधार्थी आन्दोलनलाई नजिकबाट बसझेकी नेत्तृ पनि हुन् । झाँक्रीले विधार्थी उमेर हदका सम्बन्धमा लेखेको उनको धारणा उनको फेसबुकबाट जस्ताको तस्तै :

नेपालमा पहिलो पटक राष्ट्रीय युवा निती बनाउने मस्यौदा कमिटीमा म पनि थिएँ । त्यो बेला १६-४० वर्ष उमेर समुहका ब्यक्तिलाई युवा भन्ने भनेर परिभाषा गरीयो। मैले त्यसको विरूद्दमा आफ्नो मत राखें । त्यो बेला नेपालको कानुनमा महिला २० र पुरूषले २१ वर्षमा विवाह गर्न योग्य हुने ब्यवस्था थियो। मैले सोचें २१/२२ वर्ष उमेरका कुनै दम्पतिले बच्चा जन्माए भने त्यो बच्चा १६ वर्ष हुदा बाबु आमाको उमेर ३७/३८ हुन्छ । यो परिभाषाले दुई पुस्तालाई युवा बनाउँछ । अब सरकार, सामाजिक संघ संस्था वा निजी क्षेत्रका युवा परिलक्षित कार्यक्रमहरू आमा/बाबु युवा वा छोरा/छोरी युवा समुहलाई गर्ने वा दुवैलाई? के हामी सहि निती बनाउदैछौ? मेरो प्रश्न थियो । यस्तो अबस्था नबनाऔं कुनै एक पुस्तामा लक्षित कार्यक्रम गर्ने गरी परिभाषा गरौ भन्ने मेरो मत थियो ।तर अल्पमतमा परें ।

युवा भनेर त्यही दुई पुस्तालाई भनियो आज पनि त्यही भनिदैछ । पछि राष्ट्रीय युवा निती रिभ्यू गरियो, तर कहाँ छलफल भयो मलाई त थाहा पनि भएन । यो ब्यवस्था फेरी कायम नै राखियो । जसको कारण जसका लागि निती बन्यो त्यो लक्षित समुह कुन हो सहि तार्गेट भएन र प्रभावकारी पनि रहेन।ऐले विधार्थी संगठनमा काम गर्ने विधार्थी नेताहरूको उमेर हद तोक्ने बहस चलेको देखें खुसी लाग्यो। तर यो बहस पनि पानीको फोका नबनोस ।

स्वतन्त्र विधार्थी युनियनको निर्वाचन समयमा गर्न नसक्ने तर उम्मेद्वार हुन उमेर हदबन्दी भने लगाईएको छ ऐले । स्ववियुमा उम्मेद्वार हुन २८ वर्ष मुनिको हुनुपर्ने छ । तर विधार्थी संगठनमा ३५ देखि ४५/४६ वर्षसम्मरा ब्यक्तिहरू नेता हुने परिपाटी छ । विधार्थी आन्दोलन समुदायमा आधारित नभएको कुरा साँचों हो। किन भने यस्ता नेताहरूका बाबु/आमा र छोरा/छोरी दुबै विधार्थी छन उनको परिवार भित्रै समस्या छ । दुई पुस्तालाई कसले पढाउने ? बिधार्थी आमा/बाबु र विधार्थी छोरा/छोरीको कसले ख़र्च धान्ने? परिवार कसरी चलाउने? विहान उठे देखि बेलुकी नसुत्दा सम्म यिनै समस्याले गाजेको छ ।
आफू कुनै आयआर्जनको काममा लाग्न सकेको छैन । समाज यही हो अपेक्षाहरू ठूला ठूला छन । आवश्यकता धेरै छन । त्यसैले पनि जायज नाजायज़ काम र समस्यामा वर्तमान विधार्थी नेताहरूको नाम मुछिएको मिडियामा देखिन्छ । यो धेरै दुख लाग्दो कुरा हो।

अर्को तर्फ निजी शैक्षिक प्रकिष्ठानहरूमा अध्ययन गर्ने विधार्थी नेताहरू सामुदायिक नेता भन्दा पनि ब्रोकर जस्ता देखिन्छन । उनिहरूको काम छात्रवृति सिटको खरीद बिक्रि, सुल्क वृद्धीमा लाभ लिई मौन समर्थन गर्ने जस्ता प्रवृतिहरू पनि देखा परेका छन । मैले केही वर्ष पहिले सुनेको थिएँ हरेक वर्ष निश्चित प्रतिसत शुल्क वृद्धी गर्न एक मुष्ट संझौता भएको थियो रे खास गरी निजी क्षेत्रका प्राविधिक प्रतिष्ठानहरूसंग विधार्थी संगठनका नेताहरूसंग । ऐले विश्वविघालयहरू पनि सुद्द नाफा कमाउने सुतखोर जस्ता भएका छन । आफूसंग केन्द्रीय बिभाग नै छैन तर पनि निजी क्षेत्रलाई समबन्धन दिन्छन । परिक्षा प्रणालीमा त्यतिकै बिकृती छ । रामपुर बन तथा कृषि विश्वविघालयको घटना हामी माँझ ताजै छ । त्यो घटनामा प्राध्यापक र विघार्थी संगठनको समेत मिलेमतो छ ।

हामी पूर्व विधार्थीहरूले त्यो घटनाबारे प्रश्न उठाउँदै नगर्न दवाव दिदा हाम्रो विरूद्द विधार्थी संगठनले बक्तब्य निकाल्ने अबस्था आयो । आज पनि विधार्थी आन्दोलन/ अभियानको सान्द्रभिकता छ तर आन्दोलन समुदायमा आधारित नभएकोले यसले गति समात्न सकेको छैन ।आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन । मलाई आज पनि आफ्नो जिन्दगीका सबै भन्दा उर्जाशिल दिनहरू यही आन्दोलनमा विताएको हुदा सबै भन्दा प्रिय विघार्थी समुदाय र संगठन लाग्छन । तर क्रमश सम्मान र क्रेज़ घट्दो छ । यसलाई जोगाउन एक पटक विधार्थी नेता साथिहरूलाई मूल्यको राजनिती संस्कार स्थापित गर्न आग्रह गर्दछु । यो सहि समय छ । तपाईहरू पनि संगठन एकीकरण कै प्रक्रियामा केही यस्ता ब्यवस्था गर्नुस । जसले ठूलो सन्देश जाओस जस्तो: समुदायमा आधारित संगठन बनाउन शैक्षिक योग्यता राख्नुस, जसले कलेज वा विश्वविघालय पढ्दै गरोस । विधार्थी आन्दोलनवारे उसैले सोचोस । उमेर समुहको हिसावले पनि कम्तिमा २८/२९ वर्ष कै होस । किन की हाम्रो आयु र समय सिमित छ । हामी २०० वर्ष कोही बाँच्दैनौ । यहि करीव ५५/६० वर्ष भित्र हामीले पनि केही तरकी गर्न सकेनौ भने हामी पनि आफ्नो सान्द्रभिकता गुमाउँछौं ।

अनि बाबु/आमा र छोरा/छोरी दुई पुस्ता विधार्थी हुने होईन यस्ता अभिभावकले ससम्मान विदा लिने वातावरण बनाउनुस र पार्टीसंग समन्वय गरी यस्ता साथिहरूलाई पार्टीमा उचित ज़िम्मेवारी दिने कुरा गर्नुस । यो आन्दोलनमा उर्जाशिल समय बिताएका नेता साथिहरू जसले एकता प्रक्रियामा विदा लिनुहुन्छ उहाँहरूको उचित जिम्मेवारीको ग्यारेन्टी पार्टीसंग गर्नुस । र गतिशील, जुझारू, सिर्जनशिल र सम्मानित यो विधार्थी आन्दोलनलाई नयाँ जीवन दिनुस रक्त सञ्चार गर्नुस । यसले नयाँ गति लिने छ र नयाँ ईतिहाँस पनि बनाउने छ । म अखिल र अखिल क्रान्तिकारीका सबै नेता साथिहरूलाई आग्रह गर्छु ।

प्रतिक्रिया दिनुहोस्