Light Nepal

राष्ट्रसंघका लागि अमेरिकी राजदूत हेलीको राजीनामा

काठमाडौं, २४ असोज । संयूक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले राजीनामा दिएका छन् ।

सन् २०१७ को जनवरीदेखि राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधिका रुपमा कार्यरत हेलीको आकस्मिक राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकृत गरेका छन् ।

राजीनामाबारे विस्तृत तथ्य बाहिर नआएपनि आज राष्ट्रपति ट्रम्प र हेलीबीच ओभल कार्यालयमा भेटघाट भएको अमेरिकी सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । साउथ क्यारोलाईनाको पूर्व गर्भनर समेत रहेकी हेलीको राजीनामाले सबैलाई चकित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्