Light Nepal

बलिउड सदावहार सुन्दरी नायिका रेखा आजबाट ६४ बर्षमा प्रवेश

काठमाडौं, २५ असोज । बलिउडकी सुन्दरी , सदाबहार चर्चित नायिका रेखा आजबाट ६४ बर्षमा लागेकी छिन् । उनले आज आफ्नो ६४औं जन्मदिन मनाइरहेकी छिन् । उनको जन्म सन् १९५४ अक्टोबर १० मा भारतको चेन्नइमा भएको थियो । रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो ।

उनका बुवा जेमिनी गणेशन चर्चित तमिल अभिनेता थिए र उनकी आमा पुष्पावल्ली तेलुगु अभिनेत्री थिइन् । बाल्य अवस्थादेखि नै फिल्मी माहोलमा हुर्किएकी रेखाका लागि फिल्मी दुनियाँमा पाइला टेक्न त्यति असहज भएन ।

उनले १५ वर्षको उमेरदेखि नै फिल्मी करियर सुरु गरेकी थिइन् । रेखाले बलिउडकी सफल र सदावहार अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाएकी छिन् ।

६४ वर्षीया रेखा रहस्यपूर्ण जीवन बिताउँदै आएकी छिन् । बलिउडका महानायक अमिताभ बच्चनसँगको सम्बन्ध, उनले सिउँदोमा लगाउने सिन्दुर, उनको वैवाहिक जीवनलगायत थुप्रै कुरा रहस्यपूर्ण नै छन् ।

आजको समयमा फिल्महरुबाट टाढा रहेर पनि रेखाको सुन्दरता र उनको व्यक्तित्वका अगाडि बलिउडका अन्य अभिनेत्रीको सुन्दरता आज पनि फिक्का लाग्छ ।

प्रतिक्रिया दिनुहोस्