Light Nepal

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबको विजयी सुरुवात

काठमाडौं, २५ असोज । थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २–१ गोलले पराजित गरेको हो । रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरेर थ्री स्टारको जितमा बल प्रदान गरेका हुन् । यता, फ्रेन्डस् क्लबका लागि विकास लामाले गोल फर्काएका थिए ।

पहिलो हाफमा फ्रेन्ड्स क्लबविरुद्ध १–० गोलले अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफमा थप १ गोल गरेर अग्रता बढाएको थियो ।

खेलको १७ औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले आफ्नो एकल प्रयासमा प्रmैन्ड्स क्लबका किपरलाई विट गर्दै गोल गर्न सफल भए ।

खेलको ५९ औं मिनेटमा करिब ३० यार्ड टाढाबाट फ्रेन्ड्स क्लबका सरोज योञ्जन लामाले प्रहार गरेको फ्रिकिक गोलकिपर एलेन न्यौपानेले बल नियन्त्रण गर्न सकेनन् । तर थ्रीस्टारका डिफेन्डरले बचाएपछि फ्रेन्ड्स क्लब बराबरी बनाउन भने सकेन ।

खेलको ८३ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै २–० थ्री स्टारलाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, अतिरिक्त समयमा फ्रेन्डस् क्लबका विकास लामाले गोल गर्दै फ्रेन्ड्स क्लबलाई खेलमा फर्किने संकते दिएपनि हारबाट जोगाउन भने सकेनन् ।

प्रतिक्रिया दिनुहोस्