Light Nepal

क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा बनाउन सक्ने यी ५ रेकर्डहरू

काठमाडौं, २५ असोज । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलको संसारमा थुप्रै रेकर्डहरू बनाएकाछन् । रियल म्याड्रिडमा रहँदा उनले सबैभन्दा प्रतिष्ठित पुरस्कारहरू जित्न र सबैभन्दा धेरै असीमित रेकर्डहरु निर्माण गरे ।

रोनाल्डोले दुई ला लिगा उपाधि, दुई कोपा डेल रे टाफि र बर्नबेउमा आफ्नो समयको दौरान चार च्याम्पियन लिग जिते । रोनाल्डो पछि रियल म्याद्रिडबाट यो गर्मीमा इटालियन फुटबल जायन्छ युभेन्टसमा आबद्ध भएका छन् र नायँ क्लबमा पनि उनले धेरै रेकर्डहरु कायम गर्ने विश्वास गरिएको छ । यहाँ, हामी यस्ता पाँच रेकर्डहरूको चर्चा गर्नैछौं जो रोनाल्डोले आफ्नो समयमा इटालीमा बनाउन सक्छन् ।

१. प्रिमियर लिग, लालिगा र सिरि ए जित्न पहिलो खेलाडी
अहिले सम्म, फुटबलको इतिहासमा कुनै खेलाडी छैन जसले इङ्गल्याण्ड, स्पेन र इटालीमा उपाधि जितेको छ । क्रिस्टियानो रोनाल्डोले पहिले नै दुई शीर्ष–स्तरीय प्रतियोगिताहरू जितिसकेका छन् । (प्रिमियर लिग मैनचेस्टर युनाइटेड र ला लिगासँग रियल म्याड्रिडसँग) । यदि उनले नयाँ क्लब युभेन्टसबाट यसपटक उपाधि जित्न सके उनले नयाँ रेकर्ड बनाउनेछन् । युभेन्टसले सातपटक लगातार उपाधि जितेको तथ्यलाई ध्यान दिने हो भने रोनाल्डोले यो नयाँ रेकर्ड स्थापित गर्ने खेलाडी हुन सक्ने सम्भावना छ ।

२. तीन फरक क्लबबाट च्याम्पियन्स लिग जित्ने खेलाडी
रोनाल्डोले मैनचेस्टर युनाइटेड र रियल म्याड्रिडबाट च्याम्पियन लिग जिति सकेका छन् । यो रेकर्ड हाल क्लियरेंस सेडर्फसँग मात्रछ । जसले यूएईए च्याम्पियंस लिगलाई तीन भिन्न क्लबहरूस् अज्याक्स, रियल म्याड्रिड र एसी मिलानलाई जितेका छन् । क्रिस्टियानो रोनाल्डो अविश्वसनीय रूपमा यो रेकर्डको नजिकै छन् । उनले मैनचेस्टर यूनाइटेड र रियल मैड्रिडबाट उपाधि जितिसकेको र अहिले युभेन्टस २२ वर्ष पछि च्याम्पियनस लिग जित्ने लक्ष्यमा रहेको र रोनाल्डो यसका लागि तयार रहेकोले यो रेकर्ड उनले युभेन्सबाट बनाउन सक्ने देखिन्छ ।

३. एकै सिजनमा सिरि एमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी
सिरि एको एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रकेर्ड अहिले युभेन्टसकै पूर्व खेलाडी गोंजोलो हिगुआनको नाममा छ । उनले एकै सिजनमा ३६ गोल गरेर यो रकेर्ड बनाएका हुन् । रोनाल्डोले रियल म्याड्रिडको इतिहासमा शीर्ष गोलकर्ता हुँदैं लालिगामा ३२३ गोल गरेका छन् । छ । रोनाल्डोसँग अहिले युभेन्टसमा सबै आधारहरु रहेकोले सिरि एमाएकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न सक्ने अवसर पनि छ । जो एक रेकर्डका रुपमा दतौ हुनेछेलाडी बन्न सक्ने अवसर पनि छ । जो एक रेकर्डका रुपमा दर्ता हुनेछ ।

४. प्रिमियर लिग ला लिगा र सिरि एकको शीर्ष गोलकर्ता खेलाडी
हाल फुटबल इतिहासमा कुनै पनि खेलाडी छैनन् जसले जुन तीन शीर्ष लिगमा शीर्ष गोलकर्ता बन्दै उपाधि जितेको होस । जर्न चाल्र्स (लीड्स र युभेन्टस) र क्रिश्चियन भियरी (एटलेटिको म्याड्रिड र इन्टरनेशनल) मात्र दुई खेलाडि हुन् । जुन उनीहरूले युरोपका दुई लिगहरूमा टप स्कोरिङ चार्टहरूसम्म पुगेका छन् । रोनाल्डो यो रेकर्डको पनि नजिक छन् । रोनाल्डोले २००७।०८ मा युनाइटेडसँग प्रिमियर लिगमा गोल्डन बुट जितेका थिए भने स्पेनमा तीन पटक ट्राफियो पिचिच (२०१०।०११, २०१३।१४, २०१४।२०१५) पनि जितिसकेका छन् ।

५ं युभेन्टसबाट एकै सिजनमा सबै प्रतियोगिहरूमा शीर्ष गोलकर्ता खेलाडी
इटालियन दिग्गज युभेन्टसका लागि सबै प्रतियोगिहरूमा हाल शीर्ष गोलकर्ता न हेजरले १९२५–२६ मा ३५ गोल गरेका छन् । रोनाल्डोले पूर्व क्लब रियल मैड्रिडकालागि सबै प्रतियोगितामा ४५१ गोल गरिसकेका छन् । यसका लागि रोनाल्डोले लगातार आठौं सिजनमा ५० भन्दा बढी गोलहरू गरेका छन् । त्यसैले यो भन्न सकिन्छ रोनाल्डोले युभेन्सबाट एकै मौसममा सबै प्रतियोगिहरुमा शीर्ष गोलकर्ता बन्न सक्छन । (लाइटनेपाल डेस्कबाट अनुवादित सामग्री)

प्रतिक्रिया दिनुहोस्