Light Nepal

नक्कली सुनको बिगबिगी, दुई जना यसरी परे प्रहरीको फन्दामा

बुटवल, २५ असोज । सुन भनि नक्कली सुन विक्रि गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलनको आयोजना गरी ठगि गर्ने दुई जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका वडा नं.१० रम्भादेवी टोल वस्ने २७ बर्षिय राज सुर्यवंशी भन्ने राजु परियार र नवलपरासी नन्दन गाँउपालिका वडा नं. ६ वस्ने ३० बर्षिय समिर भन्ने अब्दुल पखिया लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्लले जानाकारी दिए । उनको साथबाट प्रहरीले १२ लाख नगद, नक्कली सुनको ढिक्का १ थान र मोबाईल २ थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्