Light Nepal

चिनजान भएपछि दिनभरी वुटवल मेला घुमाएर जंगलमा लगेर १६ वर्षीया किशोरी माथि सामुहिक बलात्कार

बुटवल, २५ असोज । रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार गर्ने दुई जना लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले रुपन्देही देवदह नगरपालिका १० का ३५ वर्षाय उदय थापा र वुटवल उपमहानगरपालिका ७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको हो ।

रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजे युवती माथि सामुहिक बलात्कार भएको हो । बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा लगेर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ । जाहेरीका आधारमा प्रहरीले घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्