Light Nepal

४० हजार घुस सहित शिक्षाका उपसचिव पक्राउ

काठमाडौँ, २५ असोज । ४० हजार रुपैया घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई पक्राउ गरेको छ । उनलाई विहिवार घुस लिएको अभियोगमा पक्राउ गरेको हो ।

भवन निर्माणका लागि निकासा भएको रकम विद्यालयको खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने नाममा सेवाग्राहीसँग घुस लिँदालिँदै उपसचिव साह पक्राउ परेका हुन् । घुससहित समातिएका उपसचिव साहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्