Light Nepal

मोदीले गरेको निर्णय पनि कार्यान्वयन भएन, भारतले थपेन हवाई रुट

काठमाडौँ, २९ असोज । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ  । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन्  ।

दुई देशका प्रधानमन्त्रीबीच काठमाडौंमा भएको भेटघाटपछि वैशाख २९ गते जारी संयुक्त वक्तव्यमा हवाई रुट थप्ने विषय समेटिएको थियो । असार २ गते भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिक वार्ता गर्न काठमाडौं आएका थिए । नेपालको नागरिक उड्डयन प्राधिकरणको टोलीसँग वार्तापछि उनीहरूले थप चार अन्तर्राष्ट्रिय रुट उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।

त्यसैलाई पूर्णता दिन प्राधिकरणले बुधबार प्राविधिक निर्देशक दीपक बरालको संयोजकत्वमा ५ सदस्यीय टोली भारत पठाएको थियो । काठमाडौंमा सम्पन्न बैठकमा दुवै मुलुकका प्राविधिक टोलीमार्फत सेम्टेबरमा उडान सुरक्षा मूल्यांकन गरी टुंगो लगाउने सहमति थियो । कान्तिपुरवाट

प्रतिक्रिया दिनुहोस्