Light Nepal

सरकारको लक्षण गतिलो नदेखिएको नयाँ शक्ति पार्टीका संयोजक भट्टराईको भनाई

काठमाडौं, २९ असोज । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको लक्षण गतिलो नेदेखिएको बताएका छन् । नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकार यही बाटोमा हिँडे जनताले विकल्प खोज्ने बताए ।

राजनीतिक दल र नेतृत्व रुपान्तरण हुन तयार नहुँदा दुई तिहाइको सरकार न हाँसको चाल न कौवाको चाल बनेर अलपत्र भएर बसेको भट्टराईको आरोप छ । सरकारले विकास र समृद्घिको न्यूनतम कुराहरु पनि गर्न नसकेको उनले बताए । ‘महिलाहरुमा असुरक्षा बढेको छ, सरकार यस्ता घटनाका दोषी उपर केही गर्न सक्दैन हामी चिन्तित छौँ,’उनले भने।

विकास निर्माणमा दलीय घेरामा बाँढिन नहुने उनले बताए । व्यक्ति वा निजी क्षेत्रले गर्ने काम राज्यले गर्ने अनि राज्यले गर्ने काम निजी क्षेत्रले गर्न खोज्ने प्रवृत्ति रहेको भन्दै राज्य र निजी क्षेत्रको भूमिका छुट्टायाउनुपर्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्