Light Nepal

अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नहुने गरी काम गर्न प्रहरी महानिरीक्षक खनालको निर्देशन

काठमाडौं, २९ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नहुने गरी काम गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै सोमबार उनले नेतृत्व, निर्णय क्षमता, साङ्गठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

सङ्गठनको नीतिविपरीत काम गर्ने कर्मचारी तत्काल सजायको भागीदार हुने पनि उनको भनाइ थियो । महानिरीक्षक खनालले प्रहरीले लागू गर्न लागेको समुदाय साझेदार प्रहरी अवधारणाले संगठनमा थप गतिशीलता ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्