Light Nepal

बुटवल: बैंकबाटै ३० हजार चोरी

बुटवल, असोज २९ । बुटवलको एभरेष्ट बैंकमा पैसा जम्मा गर्ने क्रममा ३० हजार चोरी भएको छ ।

दीपक गौतमले काठमाण्डौंमा रहेकी सालीको खातामा पठाउन लगेको पैसा चोरिएको हो । घटना साढे २ बजेको भए पनि प्रहरीले थाहा पाएपछि साढे ३ बजेमात्रै बैंकमा पुगेको छ ।

भौचर भरेर काउन्टरमा पुगेर डिपोजिट गर्न पैसा दिन खोज्दा पैसा नभेटिएपछि केहीबेर बैंकमा तनाव भएको थियो । बागेश्वरी मेडिसिन डिस्ट्रव्युटर ज्योति पथमा काम गर्ने दीपकले आफूले भौचर भर्ने बेलामा छेउमा भएको ब्याक्तिले पैसा लिएर भागेको आशंका गरे ।

इलाका प्रहरी कार्यालय बुटवलले रकम जम्मा गर्ने व्यक्तिकै लापरवाहीका कारण रकम चोरी भएको जनाएको छ । रकम चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्